Sunday, February 20, 2011

"ghazal" is love, love and love, where ever love, there is "ghazal" .



मिडियामा “गजल” ले अझैं स्थान पाएन....
आरजु विष्ट सल्यानी






हिजो जस्तो थिए भोलि पनि म उस्तै हुन्छु
फरक यत्ति हो कतै तिमी म कतैकतै हुन्छु ।

महलमा फूल्नु, नालिमा फूल्नु केहि छ भिन्दै
जस्तो सोचे त्यहि हुँ जे दृष्टिमा त्यस्तै हुन्छु ।

यताको बाटो उताको चौबाटो सिमाना अर्कै
याद आए सामुन्ने हेर्नु नि पहिले जस्तै हुन्छु ।

बिचार फरक भएनि माया माया त उहि हो
यो बिना जिउँला कसोरी निरै भुतुक्कै हुन्छु ।

गजलको मर्म र यसको बिरासत अपार भएपनि आधुनिक तथा उत्तर आधुनिक संगीतलाई बाहेक मिडियाले अझैं पनि गजलको प्रशारण, चर्चा र संरक्षण् प्रवर्धनमा कमै चासो दिईरहेका छन् ।

नेपालको त कुरै छोडौं, झण्डै १ सय वर्ष भईसक्यो गजल नेपालीले नै गाएको तर कल्लाई फुर्सद छ र ? यस्को चियोचर्चो गर्नमा । लेख्नेहरु लेखेको लेख्यै छन्, कोहि समूह समूहका गुनगान गाउमै मस्त छन् अनि स्वराङ्कणमा भएको सुस्तता र प्रवर्धनमा नपुगेको दिमागि निदेशन, दूरदृष्टिको कारण नेपालमा मात्रै होईन भारत तथा पाकिस्तान जस्तो गजलको भण्डार भएको ठाउँमा पनि मिडियामा गजलको चर्चा ओझेलमा नै परेको छ ।

पाकिस्तानी गजलका प्रेमी आशिफ मेहदी भन्छन् ःमिडियाहरुले अहिले केवल युवाहरुको रुचि र उनिहरुको रोजाईको कुरा मात्रै गरीरहेका छन् ।” उनिहरु युवा पिढिलाई गजल सुनाउने, बुझाउने र बजाउने कामबाट निकै टाढा रहेका छन् । हर तवरको संगीत गुञ्जिएको वलिवुडमा पनि गहिरो र गहन रुपमा गजलको हल्लाखल्ला र सल्लाह हुन सकेको छैन ।





माफ गर्नुहोला भनेजति सेवा गर्न सकिन
औधि प्रयास गरेकै साथी दिल भर्न सकिन ।

मजदुर हुँ धेरैको सेवक श्रमको मोल केहो
एक्लै थिए, एक्लै नै छु म कतै सर्न सकिन ।

दिनहुँको मेला श्रमको पूजा अरु थाहा छैन
त्यहि मेलामा रहें शहरमा म झर्न सकिन ।

जंघार खोलाको नभई तगारो प्रवृत्तिको हरे
कुन्ठै कुन्ठाको घैलामा अमृत भर्न सकिन ।

दुःखेको मन को कुरै नगरौं फुट्ला झैं भो
अरुको के कुरा आफ्नैको मन पर्न सकिन ।

मिडियाहरुले अचेल वढि उयउ mगकष्अ लाई मात्रै बढावा दिईरहेको पाईएको छ । यो ठिकै हो र हुनुपर्छ । तर यसले गर्दा मुख्य मूल शास्त्रिय, आधुनिक संगीत अनि गजल पर्दा पछाडी परेको छ र पारीएको भान भएको छ भन्ने कुरालाई पनि नकार्नु हुँदैन । युवालाई गजल के हो ? भनेर सुनाउन, बुझाउन नसक्नु पनि अहिले मिडियाको लागि दूर्भाग्य नै बनेको साँचो हो, त्यसैले उनिहरु विश्वमा वढिरहेको उयउ माहौललाई मात्रै पछ्याई रहेका छन् ।

युवा पिढिले गजललाई पनि उयउ mगकष्अ जत्तिकै सुन्न, चुन्न र बुझ्नको लागि श्रोत मिडियाले अधिक प्रवर्धनात्मक र यस्को रसलाई ध्वनि तरङ्ग मार्फत पस्किन सकेको र छाप्न सकेको खण्डमा युवा पुस्ता प्रौढ हुने बेलामा पछुताउने छैनन् र अघिल्लो पुस्तालाई धिक्कार्ने छैनन् ।

गजल गायनका उच्च व्यक्तित्व मेहदी हसनका छोरा आशिफलाई यस्तै चस्को परेको छ कि उयउ mगकष्अ लाई दिईएको स्थानको जत्तिकै भारत तथा पाकिस्तानमा गजल लाई पनि स्थान दिनुपर्ने जरुरी छ । जति चर्चा पपको भएको छ, बजाईएको छ, त्यतिकै मात्रामा चाहे शव्दमा होस्, चाहे संगीतमा होस् वा प्रस्तुतिमा होस् यस्को बारेमा युवाको सहभागिता गराउन सकियो भने युवा पिढि पनि पप को साथैसाथै गजलको माहौलमा तातिएर लाग्ने छन् ।
गजलका विश्लेषकहरुले एशियाली क्षेत्र गजलको लागि संभावित उर्बर क्षेत्रको रुपमा मानिएको बताउँछन् । एक अर्काको परम्परा र शास्त्रिय संगीतमा लिप्त भएका अधिक देशहरु संगीत जीवनको सामिप्यतामा रहेका पाईन्छ । आशिफ अहिले गजलको जरामा पुगेर गजलको जरा जराको कुरो गर्न चाहेको बताउँछन् । अबको जमाना पनि मिर्जा गालिव, फिराक गोरखपुरी, मेहदी हसन, गुलाम अलि, फरीदा खानुम तथा ईकवाल बानो लगाएतका हस्तिहरुको जस्तै अन्यको हुनुपर्छ ।

गजललाई पप संगीत वा अन्य गीतलाई रंगमञ्चमा दिईएको प्राथमिकता जस्तै भईदियो भने बाह्य रंगमञ्चमा पनि उत्तर आधुनिक संगीतका म्यूजिक ट्रयाकहरु बजे झैं गजलका ट्रयाक बज्नेछन् र उभो लाग्दो यात्राको पुनरावृत्ति हुने आशा वढेर जाने छ युवाको साथ साथ, आशा गरौं ।

हुम्ला,
जुम्लामा
नून छैन,

हुम्ला जुम्ला कठैबरी खाने नून छैन
तिमी भन्छौ शहर वजारमा सुन छैन ।

यहि त फरक छ मेरो देशमा हजुर
यहाँ नशा नशामा आमाको खुन छैन ।

गोरेटो डोरेटो पहुँचसम्म कहाँ छ र ?
यात्रा आकाश, थल, जलको कवुल छैन ।

त्यहि त भिन्न छ मेरो बाटोमा निरै
झुप्रा छाप्राहरुमा मजबुत चुकुल छैन ।

दीयालो नै सहारा ढिकि र जाँतोलाई
मसिन कुन चरीको नाम अनुकुल छैन ।

उहि नेपाली कोहि गाउँ र शहर भा’को
कोहि महल आमालाई एक झुल छैन ।

संसारमा एउटै भाषामा बुझिन्छ, त्यो गजल मा नै हो । "ghazal" is love, love and love, where ever love, there is "ghazal" .

No comments:

Post a Comment