Thursday, March 24, 2011

अबको फुटवलको विकास कुनै गुठि वा संस्थानले चलाएर हुँदैन, सबैको एकता भईदिए...विक्रम

अबको फुटवलको विकास कुनै गुठि वा संस्थानले चलाएर हुँदैन, सबैको एकता भईदिए........

aarju bista "salyani
chaitra, 10{march 24-011}

“नेपालीका फुटवलको विकासको लागि आआफ्नो ठाउँबाट काम गर्नु पर्यो, स्वार्थ नलिएर काम गर्नुपर्यो, जबसम्म एकताले काम हुँदैन तबसम्म नेपाली फुटवलको विकास तथा समग्र खेल जगतको विकास हुनै सक्दैन ।”झ्वाट्ट हेर्दा फुच्चे तन्नेरी, हँसिलो मुहार भएको, खेल विशेष फुटवलमा केन्द्रति रहेर राम्रा अनि नराम्रा दुवै पक्षलाई कसैको पक्षमा नलागेर जे हो त्यहि परीवशेलाई स्पष्ट बोल्दै आएका प्रमख युवा फुटवलका विष्लेशक तथा गोल नेपाल डट कमका प्रमुख विक्रम थापालाई हररात यहि नै लागि रहन्छ कि ः“नेपालको फुटवलको विकासको लागि पहिलो सर्त एकता हो, एकताको सामिप्यता हो र निस्वार्थको काम हो, त्यसैले मैले फुटवलको विकासको लागि निःस्वार्थ भावले काम गरीरहेको छु ।” अरे ! गर्ने नै यहि त निःस्पार्थको काम नत्र के त ?हामी एकजुट हुनुको विकल्प छैन, थापाले भने ः“सबैले आआफ्नो स्वार्थलाई टाढा राखेर, व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गरौं, तब मात्र यसको उचाईमा पुग्न सकिन्छ ।” फुटवलको लागि दीर्घकालिन सोंच राख्न आवस्यक छ, निस्वार्थ समन्वय हुनुपर्छ र जागरण जागेको खण्डमा विकासको संभावना प्रवल पनि रहेको छ ।नेपाल, दोश्रो मुलदुक तथा तेश्रो मुुलुकमा भईरहने ठूठा फुटवल प्रतियोगिताहरुको विष्लेशण, बिचारविमर्सको सूचना आदान प्रदानमा निरन्तर लागिरहेका धादिङबाट काठमाडौंमा संघर्ष गरीरहेका सकारात्मक बिचारधाराका तन्नेरी थापा अहिलेको युवा पुस्ताको जोस्, जाागर र भविष्यप्रति निकै आशावादी भएको बताउँछन् ।अहिले युवा पुस्ता निकै तातिएको अवस्था छ र संभावना पनि धेरै छ । अघिल्लो ३ दशक अगाडी र त्यो भन्दा अघिको पुस्ता उनकै कमजोरीको कारण केहि पछि परेको हो, त्यो उनिहरुको आफ्नै अर्कमण्यताको कारणले र समयको परीवर्तन, प्रविधि र सिपलाई अंगाल्न नसक्दाखेरी । जमाना प्रविधि र परीवर्तनसंगै अगाडी वढेको छ, हामीले जबसम्म यसलाई आत्मसाथ गर्न सक्दैनौ तबसम्म अगाडी जान सकिदैन, त्यसैले एकता र सामुहिक लगानि तथा फुटवल अब निजि कम्पनीको हातबाट संचालन हुनुपर्छ ।खेलमा व्यवसायीक प्रतिवद्धता आवस्यक छ, हरेक खेललाई समृािद्धको बाटोमा लाने हो भने राम्रा कामलाई, तवर तरीकालाई अंगाल्नुपर्छ, विदेशका निति तथा उनिहरुका कामबाट पनि सकेसम्मको पाठ सिक्नुपर्छ । अहिलेको पुस्ताको जोस्लाई समेट्न सक्ने हो भने र उनिहरलाई प्रोत्साहन गर्ने हो भने फुटवल मात्र नभएर, खेलाडीको मात्रै नभएर देशको नाम राख्नको लागि ठूलो योगदान हुनेछ ।पूरातन सोंचलाई अब बदल्नुपर्छ, थापा भन्छन् ः“फुटवल खेललाई मन पराउने धेरै छैन, समृद्धि राम्रो कामबाट शुरुवात गरौ, सकिन्छ गर्न नसकिने केहि छैन ।” आजको युवाको जोस्लाई राम्रोसंग सदुपयोग गर्न सकेमा राष्ट्रहितको लागि नै हुनेछ । नेपालमा हरेक खेलको संभावना प्रवल छ र विशेष फुटवलको लागि गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ राज्य, सरोकार राख्ने जो कोहिले एक मनले जिन्दावाद भन्नैपर्छ ।अहिलेको जामाना र समयको मागलाई पछ्याउन र प्रविधिलाई सकेसम्म आत्मसाथ नगर्ने हो भने पछि परन्छि, अहिले अनलाईको जामाना छ, द्रुत सूचना संप्रेषण र ग्रहणको विकासको लागि यो एक बाटो हो, अवको जमाना नेटको हो, नेपालमा झण्डै १८ लाखले नेट प्रयोग गर्नु निकै आशावादी र केहि गरौं भन्नेको लागि युवा जोसलाई शक्तिमा बदल्न सके मात्रै नहुनु भनदा धेरै हुन्छ । युवाको जोस, जाँगरलाई प्रयोग गर्ने हो भने सबै क्षेत्रका युवा, सबैमा एकतामा रहने हो भने फुटवल खेलको विकासमा हामी पछि पर्ने छैनौं । थपा भन्छन् ः“हामीबिच सहकार्यको भावना जबसम्म रहिरहन्छ त्यतिबेलासम्म हामी खेलको लागि उच्चकोटिका भईनैरहने छौ ।”कुनै पनि मैत्री खेलको बारेमा थापाको भनाई छ, यस्लाई कम मान्नु हुँदैन । मेडल नहोला, पुरस्कार नहोला, भौतिक बस्तुको सम्मान नहोला तर यसको प्रगतिको मापदण्ड स्पष्ट थाहा हुन्छ । अहिलेको अवस्थामा कुनैपनि देशको प्रगतिको समिक्षा मैत्रीखेलबाट पहिल्याउने र कमजोरीलाई पत्ता लगाउने एउटा उपाए पनि हो । हालै पोखरामा भएको नेपाल भूटानबिचको मैत्रीपूर्ण खेललाई खालि मैत्री खेलको रुपमा मात्रै चित्रण गरीहाःनु हुन्न ।नेपाल हाल फिफा बरीयतामा १७२ औं स्थानमा छ भने भुटान १९७ औं स्थानमा छ, भुटानको लागि नेपालले सहयोग गरीदिएको बुझ्नुपर्छ, थापाले भने ः“भुटानको पक्षमा नेपालले गरीदिएको गुण हो ।” भुटान एएफसि च्यालेञ्ज कपको लागि अफगानिस्तानसंग खेल्न नयाँदिल्ली जान लागेको छ, दुवै टोलिबिचको विजेतासंग नेपालले खेल्ने छ भने अब खेललाई मैत्रीको दायरामा मात्रै राख्नु हुँदैन । यसको त फिफा बरीयतामा सहयोगि भूमिका हुन्छ ।पोखरामा मैत्री खेल सोचेको जस्तो नभए पनि, मैत्री खेलमा विश्वसनिय खेलेको नदेखिएको भएपनि नेपाली टोलिलाई अलि समय दिएर वढि प्रशिक्षित गर्न जरुरी भएको अहिले टड्कारो आवस्यक्ता हो ।नेपालमा फुटवलको विकासको लागि ईन्टरनेट सूचना दिन र लिनको लागि प्रमुख श्रोत मानिएको छ । नेपालमा फुटवलको लागि वेवसाईट धधध।नयबलिभउब।िअयm संचालन गरेर काम गर्दै आएका थापा निकै आशावादी छन् । जहाँ फुटवलबा राष्ट्रि तथा अन्तराष्ट्रिय समाचार लगाएतका सूचनाहरु पाउन सकिन्छ । गोल नेपालले अहिले फुटवलबो विकासको लागि सूचनाको पहँुचलार्इै सजिलो बनाउन सहयोगि भावनाले सहि सूचना दिनको लागि वेभसाईटबाट मात्रै नभई गोल नेपाल अब मोवाईलमा पनि आएको बताए । अब हरेक फुटवलका पारखिले नेपाली फुटवलको लागि काम गररिहेको छ, थापाले भने नपत्याए हेर्नुस् मोवाईलमा एसएमएस पद्धतिमा हामी एसएमएसमा आएका छौं मोवाईल मार्फत थापा ढुक्कका साथ भन्छन् ।नेपाली फुटवलको सूचना लिनको, समाचार लिनको लागि गोल नेपाल डट कम मोवाईलमा आएको छ । जस्तो ः नयब िलेखेर ५००१ मा एसएमस गरे नेपाली फुटवलको समाचार तपाईको मोवाईलमा आउँछ । तर फुटवलको विकास एक्लैले हुने होईन यो एकताबिना संभावना पनि छैन, हामी एकताले मात्रै अघि बढ्न सक्ने भएकोले राम्रा कामलाई पुरस्कृत र नराम्रा, काम, गल्तिलाई सच्याईदिने गरेमा अगाडी जान कसैले रोक्न सक्दैन ।नेपाली फुटवलको विकास दुई तिन वर्ष एन्फा विवादले गर्दा सुधार हुनमा समय लाग्यो अझैं पाँच वर्षको समय सुधार हुन लाग्ने देखिन्छ त्यो पनि बिनाविवाद गतिशिल हुँदै गएको खण्डमा, हामीले समय त्यसै खेर फल्यौ । नेपालको फुटवलको विकासको लागि व्यवसयाीक बन्न जरुरी छ, नेपाली फुटवलको व्यवसायीक विकास कुनै खेलाडीलाई ५० हजारमा वा त्यो भन्दा दोव्वर पैसाले किनेर हुने मात्र हुने होईन, व्यवसायिक बन्नुपर्छ ।व्यवसायकि भनेको व्यवसायिक बन्ने भन्नु शव्दले मात्रै होईन, कुनैपनि टीमको लागि व्यवसायिक संरचनाले पूर्ण भएको हुनुपर्छ, सिनिएर टीम हुनुपर्छ, सहायक टीम हुनुपर्छ, रीजर्व टीम हुनुपर्छ, महिला टीम, अण्डर १९, अण्डर १७, १६, अण्डर १५ हुँदै सकेसम्म अण्डर १० सम्म वाल तथा वालिकाको टीम हुनुपर्छ । साथै युवाका लागि खेल कार्यक्रम, टीम फिजियो, टीम म्यानेजर, टिम डाक्टर, टिम मिडिया म्यानेजर, टीभि लगाएतका कामको लागि एउटा खाका सहितको संरचना बनाउन आवस्यक छ । यस्तो स्ट्रक्चर भएको खाका भईदिए नेपाली फुटवलको विकास द्रुत गतिमा अग्रगामी बन्न धेरै समय लाग्दैन ।थापा भन्छन् ः“नेपाली फुटवलमा अझैैं कुनैपनि एउटा रोलमोडल बन्न सक्ने खालको क्लवको खाँचो छ । त्यस्तो कुनै क्लव आउनु पर्यो जस्को काम अरुको लागि मार्ग निर्देशन दिने खालको होस् । अबको जामाना कुनै गुठि, संस्थानको कमिटिले चलाउने फुटवल नभएर निजि कम्पनीले चलाउने खालको फुटवल चाहिएको थापाको भनाईमा ।नेपाललाई माथि पुर्याउन आफ्नो व्यक्तिगत प्रतिवद्धताले गर्दा फुटवलको सिप सिक्न देश विदेशमा जाने गरेको बताए र यो अत्यावस्यक पनि भईसकेको छ । आफ्नो व्यक्तिगत लगानिले, हितैषिको सहयोगले भएपनि फुटवलको लागि केहि गर्ने अभिप्रायले लागेको बताउने थापाले सिप सिकेर नेपाली फुटवलमा केहि जुक्ति दिन सके राष्ट्रको लागि काम हुन्छ, यो राष्ट्रको बिपत्तिलाई मिलाउने फुटवलमा शक्ति छ भन्छन् । ब्राजिल राजनीतिक परीवर्तनको निहुमा शुरु भएता पनि अहिले फुटवलको हिरो राष्ट्र उस्कै मिहिनेत र लगानिले भएको हो । व्यवसायिक फुटवलले गर्दा त्यहाँको खेलले पर्यटन क्षेत्र फस्टाएको छ भने अर्थतन्त्रमा १५ प्रतिशत सहयोगि भएको छ ।अहिले नेपालमा अनिल गुरुङ, रोहित चन्द भारतमा खेल्न पुग्नु राम्रो हो, तर अझैं धेरै खेलाडीलाई विदेशमा खेल्नको लागि स्थान बनाउने हो भने खेलको माध्यमबाट आउने अर्थ त्यो देशमा चलायमान हुने र आर्थिक समृद्धिमा टेवा पुग्ने थापाको विश्वास छ । अब दर्जनौ अनिल गुरुहरुलाई र रोहित चन्दहरुलाई विदेशी क्लवमा अनुवन्धन र खेल्न जाने परीपाटीको विकासको प्रण गर्नु जरुरी भएको छ र क्षमता भएका खेलाडी नेपालमा छन् ।कलिलो युवा, जोसिलो युवा विक्रम थापालाई नियाल्दाड्ड खेलकुद रेडियोकर्मिको रुपमा काठमाडौंमा टाईम्स एफएम मा सन २००३÷००५ मा काम गरेका,ड्ड नेपालको पहिलो फुटवल म्यागजिन “फुटवल” मा सहायक सम्पादकको रुपमा काम गरेका,ड्ड काठमाडौंमा आयोजित एएफसि प्रेसिडेन्ट कप को मिडिया अफिसरको रुपमा काम गरेका,ड्ड सकरयज नेपाल डट कम डट एनपि मा प्रमुख सम्पादक भएर काम गरेका र सेल्स तथा इभेन्ट्स म्यानेजमेन्टको काम गरेका,ड्ड प्रिज्मा एडभरटाइजिङ कम्पनीमा ग्राहक सेवामा कार्यकारी भएर काम गरेका,ड्ड मिडिया पार्टनर, इभेन्ट कोअर्डिनेटर, प्रोमोस्नल म्यानेजर भएर कोक, फेन्टा तथा स्प्राईट र एशियन पेन्ट्ससंग काम गरेका,ड्ड भिवा एडभरटाईजिङमा सन २००८÷००९ मा इभेन्ट्स संयोजकको रुपमा काम गरेका,ड्ड दक्षिण एशिया तथा नेपाली फुटवलको लागि गोल नेपाल डट कमको समाचार संयोजकको रुपमा काम गरीरहेका,ड्ड सानमिगेल ए डिभिजन फुटवल लिग को लागि अनलाईन समाचार सम्पादकको रुपमा काम गरेका,ड्ड फुटवलको लागि समर्पित गोल नेपाल डट कम को प्रमुख तथा सम्पादक,ड्ड साफ च्याम्पियनसिप २००५ देखि २०१० सम्म विभिन्न मिडियामा खेलको प्रवर्धनात्मक विष्लेषण,ड्ड नेपालमा आयोजना गरीएको एएफसि प्रेसिडेन्ट कप क्वालिफायर्स, च्यालेञ्ज कप क्वालिफायर्स, एफएसि अण्डर यू १६, यू १९ च्याम्पियनसिप, एएफसि कोचिङ कोर्स तथा रेफ्रि कोर्सको पूर्ण रुपले प्रवर्धन गरेका,ड्ड ंिसंगापुरमा २०१० मा आयोजित सकेरेक्स एशियन फोरममा सहभागि,ड्ड सन २००५ मा आयोजना गरीएको एएफसि कप फुटवल टूर्नामेन्टको मिडिया अफिसरको रुपमा काम गरेका,ड्ड एसएलसि ः सिद्धार्थ वनस्थली, पिसिएल लेवल सिद्धार्थ बनस्थली साईन्स कलेज,ड्ड ६ महिना व्यवसायीक पत्रकारीता तालिम लिएका,ड्ड पोष्ट ग्राजुयट डव्लु एल सि, नेपाल,ड्ड फुटवल तथा समग्र खेलको लागि अंग्रेजी, नेपाली र हिन्दी भाषाका वक्ता, कम्प्यूटर एप्लिकेसन, डिजाईनिङमा दक्षता,ड्ड फुटवलको लागि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेसिया र सिंगापुरको भ्रमण गरीसकेका,ड्ड युवा खेल पत्रकारीता पुरस्कार प्राप्त,ड्ड सन २००५ मा एफएसि पे्रसिडेन्ट कप को एएफसि मेडल प्राप्त,ड्ड फुटवलको प्रचार प्रसारमा सहयोग गरेकोले आहा गोल्डकप फुटवल प्रतियोगिता आयोजकबाट सम्मानित भएका,ड्ड वुढा सुव्वा गोल्डकप सम्मानित,ड्ड नेपालको खेल पत्रकारीतामा एक सक्रिय खेल पत्रकार थापाले नेपालका राष्ट्रिय तथा क्षेत्रीय स्तरका, गएका दुई विश्वकप फुटवल देखि हालसम्म पोखरामा रेडियो अन्नपूर्णमा खेल विश्लेषण गर्दै आएका र विश्वकप फुटवल २०१० को एप्रिसियशन लेटर प्राप्त गरेका,देशमा पर्याप्त पूर्वाधार नभए पनि आआफ्नो ठाउँबाट कामलाई नरोकि जारी राखेमा विकास जारीरहिरहन्छ होईन भने काम बन्दैन । त्यसैले आउनुस् “एक ढिक्का भएर हातेमालो गरौं पूर्वले, पश्चिमले र मध्यले र एउटै साङलोमा जोडिएर फुटवल अनि समग्र खेलको विकासको प्रतिवद्धतासाथ लागौं ।” समकालिन तथा आउनेले विक्रमबाट सिकौं, फुटवलमा लाग्नेले जानौं, सानौबाट जान्दा केहि बेफाईदा हुँदैन, गर्न धेरै छ, धेरै गर्न सकिएको छैन, सकिने छ मात्र समारात्क सोंचले मात्रै, यसो गरे कसो होला ? aarju2008@gmail.com

Wednesday, March 23, 2011

अबको फुटवलको विकास कुनै गुठि वा संस्थानले चलाएर हुँदैन, सबैको एकता भईदिए...विक्रम



अबको फुटवलको विकास कुनै गुठि वा संस्थानले चलाएर हुँदैन, सबैको एकता भईदिए...विक्रम
आरजु विष्ट “सल्यानी”

“नेपालीका फुटवलको विकासको लागि आआफ्नो ठाउँबाट काम गर्नु पर्यो, स्वार्थ नलिएर काम गर्नुपर्यो, जबसम्म एकताले काम हुँदैन तबसम्म नेपाली फुटवलको विकास तथा समग्र खेल जगतको विकास हुनै सक्दैन ।”

झ्वाट्ट हेर्दा फुच्चे तन्नेरी, हँसिलो मुहार भएको, खेल विशेष फुटवलमा केन्द्रति रहेर राम्रा अनि नराम्रा दुवै पक्षलाई कसैको पक्षमा नलागेर जे हो त्यहि परीवशेलाई स्पष्ट बोल्दै आएका प्रमख युवा फुटवलका विष्लेशक तथा गोल नेपाल डट कमका प्रमुख विक्रम थापालाई हररात यहि नै लागि रहन्छ कि ः“नेपालको फुटवलको विकासको लागि पहिलो सर्त एकता हो, एकताको सामिप्यता हो र निस्वार्थको काम हो, त्यसैले मैले फुटवलको विकासको लागि निःस्वार्थ भावले काम गरीरहेको छु ।” अरे ! गर्ने नै यहि त निःस्पार्थको काम नत्र के त ?

हामी एकजुट हुनुको विकल्प छैन, थापाले भने ः“सबैले आआफ्नो स्वार्थलाई टाढा राखेर, व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गरौं, तब मात्र यसको उचाईमा पुग्न सकिन्छ ।” फुटवलको लागि दीर्घकालिन सोंच राख्न आवस्यक छ, निस्वार्थ समन्वय हुनुपर्छ र जागरण जागेको खण्डमा विकासको संभावना प्रवल पनि रहेको छ ।

नेपाल, दोश्रो मुलदुक तथा तेश्रो मुुलुकमा भईरहने ठूठा फुटवल प्रतियोगिताहरुको विष्लेशण, बिचारविमर्सको सूचना आदान प्रदानमा निरन्तर लागिरहेका धादिङबाट काठमाडौंमा संघर्ष गरीरहेका सकारात्मक बिचारधाराका तन्नेरी थापा अहिलेको युवा पुस्ताको जोस्, जाागर र भविष्यप्रति निकै आशावादी भएको बताउँछन् ।

अहिले युवा पुस्ता निकै तातिएको अवस्था छ र संभावना पनि धेरै छ । अघिल्लो ३ दशक अगाडी र त्यो भन्दा अघिको पुस्ता उनकै कमजोरीको कारण केहि पछि परेको हो, त्यो उनिहरुको आफ्नै अर्कमण्यताको कारणले र समयको परीवर्तन, प्रविधि र सिपलाई अंगाल्न नसक्दाखेरी । जमाना प्रविधि र परीवर्तनसंगै अगाडी वढेको छ, हामीले जबसम्म यसलाई आत्मसाथ गर्न सक्दैनौ तबसम्म अगाडी जान सकिदैन, त्यसैले एकता र सामुहिक लगानि तथा फुटवल अब निजि कम्पनीको हातबाट संचालन हुनुपर्छ ।

खेलमा व्यवसायीक प्रतिवद्धता आवस्यक छ, हरेक खेललाई समृािद्धको बाटोमा लाने हो भने राम्रा कामलाई, तवर तरीकालाई अंगाल्नुपर्छ, विदेशका निति तथा उनिहरुका कामबाट पनि सकेसम्मको पाठ सिक्नुपर्छ । अहिलेको पुस्ताको जोस्लाई समेट्न सक्ने हो भने र उनिहरलाई प्रोत्साहन गर्ने हो भने फुटवल मात्र नभएर, खेलाडीको मात्रै नभएर देशको नाम राख्नको लागि ठूलो योगदान हुनेछ ।

पूरातन सोंचलाई अब बदल्नुपर्छ, थापा भन्छन् ः“फुटवल खेललाई मन पराउने धेरै छैन, समृद्धि राम्रो कामबाट शुरुवात गरौ, सकिन्छ गर्न नसकिने केहि छैन ।” आजको युवाको जोस्लाई राम्रोसंग सदुपयोग गर्न सकेमा राष्ट्रहितको लागि नै हुनेछ । नेपालमा हरेक खेलको संभावना प्रवल छ र विशेष फुटवलको लागि गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ राज्य, सरोकार राख्ने जो कोहिले एक मनले जिन्दावाद भन्नैपर्छ ।

अहिलेको जामाना र समयको मागलाई पछ्याउन र प्रविधिलाई सकेसम्म आत्मसाथ नगर्ने हो भने पछि परन्छि, अहिले अनलाईको जामाना छ, द्रुत सूचना संप्रेषण र ग्रहणको विकासको लागि यो एक बाटो हो, अवको जमाना नेटको हो, नेपालमा झण्डै १८ लाखले नेट प्रयोग गर्नु निकै आशावादी र केहि गरौं भन्नेको लागि युवा जोसलाई शक्तिमा बदल्न सके मात्रै नहुनु भनदा धेरै हुन्छ । युवाको जोस, जाँगरलाई प्रयोग गर्ने हो भने सबै क्षेत्रका युवा, सबैमा एकतामा रहने हो भने फुटवल खेलको विकासमा हामी पछि पर्ने छैनौं । थपा भन्छन् ः“हामीबिच सहकार्यको भावना जबसम्म रहिरहन्छ त्यतिबेलासम्म हामी खेलको लागि उच्चकोटिका भईनैरहने छौ ।”

कुनै पनि मैत्री खेलको बारेमा थापाको भनाई छ, यस्लाई कम मान्नु हुँदैन । मेडल नहोला, पुरस्कार नहोला, भौतिक बस्तुको सम्मान नहोला तर यसको प्रगतिको मापदण्ड स्पष्ट थाहा हुन्छ । अहिलेको अवस्थामा कुनैपनि देशको प्रगतिको समिक्षा मैत्रीखेलबाट पहिल्याउने र कमजोरीलाई पत्ता लगाउने एउटा उपाए पनि हो । हालै पोखरामा भएको नेपाल भूटानबिचको मैत्रीपूर्ण खेललाई खालि मैत्री खेलको रुपमा मात्रै चित्रण गरीहाःनु हुन्न ।

नेपाल हाल फिफा बरीयतामा १७२ औं स्थानमा छ भने भुटान १९७ औं स्थानमा छ, भुटानको लागि नेपालले सहयोग गरीदिएको बुझ्नुपर्छ, थापाले भने ः“भुटानको पक्षमा नेपालले गरीदिएको गुण हो ।” भुटान एएफसि च्यालेञ्ज कपको लागि अफगानिस्तानसंग खेल्न नयाँदिल्ली जान लागेको छ, दुवै टोलिबिचको विजेतासंग नेपालले खेल्ने छ भने अब खेललाई मैत्रीको दायरामा मात्रै राख्नु हुँदैन । यसको त फिफा बरीयतामा सहयोगि भूमिका हुन्छ ।

पोखरामा मैत्री खेल सोचेको जस्तो नभए पनि, मैत्री खेलमा विश्वसनिय खेलेको नदेखिएको भएपनि नेपाली टोलिलाई अलि समय दिएर वढि प्रशिक्षित गर्न जरुरी भएको अहिले टड्कारो आवस्यक्ता हो ।

नेपालमा फुटवलको विकासको लागि ईन्टरनेट सूचना दिन र लिनको लागि प्रमुख श्रोत मानिएको छ । नेपालमा फुटवलको लागि वेवसाईट धधध।नयबलिभउब।िअयm संचालन गरेर काम गर्दै आएका थापा निकै आशावादी छन् । जहाँ फुटवलबा राष्ट्रि तथा अन्तराष्ट्रिय समाचार लगाएतका सूचनाहरु पाउन सकिन्छ । गोल नेपालले अहिले फुटवलबो विकासको लागि सूचनाको पहँुचलार्इै सजिलो बनाउन सहयोगि भावनाले सहि सूचना दिनको लागि वेभसाईटबाट मात्रै नभई गोल नेपाल अब मोवाईलमा पनि आएको बताए । अब हरेक फुटवलका पारखिले नेपाली फुटवलको लागि काम गररिहेको छ, थापाले भने नपत्याए हेर्नुस् मोवाईलमा एसएमएस पद्धतिमा हामी एसएमएसमा आएका छौं मोवाईल मार्फत थापा ढुक्कका साथ भन्छन् ।

नेपाली फुटवलको सूचना लिनको, समाचार लिनको लागि गोल नेपाल डट कम मोवाईलमा आएको छ । जस्तो ः नयब िलेखेर ५००१ मा एसएमस गरे नेपाली फुटवलको समाचार तपाईको मोवाईलमा आउँछ । तर फुटवलको विकास एक्लैले हुने होईन यो एकताबिना संभावना पनि छैन, हामी एकताले मात्रै अघि बढ्न सक्ने भएकोले राम्रा कामलाई पुरस्कृत र नराम्रा, काम, गल्तिलाई सच्याईदिने गरेमा अगाडी जान कसैले रोक्न सक्दैन ।

नेपाली फुटवलको विकास दुई तिन वर्ष एन्फा विवादले गर्दा सुधार हुनमा समय लाग्यो अझैं पाँच वर्षको समय सुधार हुन लाग्ने देखिन्छ त्यो पनि बिनाविवाद गतिशिल हुँदै गएको खण्डमा, हामीले समय त्यसै खेर फल्यौ । नेपालको फुटवलको विकासको लागि व्यवसयाीक बन्न जरुरी छ, नेपाली फुटवलको व्यवसायीक विकास कुनै खेलाडीलाई ५० हजारमा वा त्यो भन्दा दोव्वर पैसाले किनेर हुने मात्र हुने होईन, व्यवसायिक बन्नुपर्छ ।

व्यवसायकि भनेको व्यवसायिक बन्ने भन्नु शव्दले मात्रै होईन, कुनैपनि टीमको लागि व्यवसायिक संरचनाले पूर्ण भएको हुनुपर्छ, सिनिएर टीम हुनुपर्छ, सहायक टीम हुनुपर्छ, रीजर्व टीम हुनुपर्छ, महिला टीम, अण्डर १९, अण्डर १७, १६, अण्डर १५ हुँदै सकेसम्म अण्डर १० सम्म वाल तथा वालिकाको टीम हुनुपर्छ । साथै युवाका लागि खेल कार्यक्रम, टीम फिजियो, टीम म्यानेजर, टिम डाक्टर, टिम मिडिया म्यानेजर, टीभि लगाएतका कामको लागि एउटा खाका सहितको संरचना बनाउन आवस्यक छ । यस्तो स्ट्रक्चर भएको खाका भईदिए नेपाली फुटवलको विकास द्रुत गतिमा अग्रगामी बन्न धेरै समय लाग्दैन ।

थापा भन्छन् ः“नेपाली फुटवलमा अझैैं कुनैपनि एउटा रोलमोडल बन्न सक्ने खालको क्लवको खाँचो छ । त्यस्तो कुनै क्लव आउनु पर्यो जस्को काम अरुको लागि मार्ग निर्देशन दिने खालको होस् । अबको जामाना कुनै गुठि, संस्थानको कमिटिले चलाउने फुटवल नभएर निजि कम्पनीले चलाउने खालको फुटवल चाहिएको थापाको भनाईमा ।

नेपाललाई माथि पुर्याउन आफ्नो व्यक्तिगत प्रतिवद्धताले गर्दा फुटवलको सिप सिक्न देश विदेशमा जाने गरेको बताए र यो अत्यावस्यक पनि भईसकेको छ । आफ्नो व्यक्तिगत लगानिले, हितैषिको सहयोगले भएपनि फुटवलको लागि केहि गर्ने अभिप्रायले लागेको बताउने थापाले सिप सिकेर नेपाली फुटवलमा केहि जुक्ति दिन सके राष्ट्रको लागि काम हुन्छ, यो राष्ट्रको बिपत्तिलाई मिलाउने फुटवलमा शक्ति छ भन्छन् । ब्राजिल राजनीतिक परीवर्तनको निहुमा शुरु भएता पनि अहिले फुटवलको हिरो राष्ट्र उस्कै मिहिनेत र लगानिले भएको हो । व्यवसायिक फुटवलले गर्दा त्यहाँको खेलले पर्यटन क्षेत्र फस्टाएको छ भने अर्थतन्त्रमा १५ प्रतिशत सहयोगि भएको छ ।

अहिले नेपालमा अनिल गुरुङ, रोहित चन्द भारतमा खेल्न पुग्नु राम्रो हो, तर अझैं धेरै खेलाडीलाई विदेशमा खेल्नको लागि स्थान बनाउने हो भने खेलको माध्यमबाट आउने अर्थ त्यो देशमा चलायमान हुने र आर्थिक समृद्धिमा टेवा पुग्ने थापाको विश्वास छ । अब दर्जनौ अनिल गुरुहरुलाई र रोहित चन्दहरुलाई विदेशी क्लवमा अनुवन्धन र खेल्न जाने परीपाटीको विकासको प्रण गर्नु जरुरी भएको छ र क्षमता भएका खेलाडी नेपालमा छन् ।

कलिलो युवा, जोसिलो युवा विक्रम थापालाई नियाल्दा

ड्ड खेलकुद रेडियोकर्मिको रुपमा काठमाडौंमा टाईम्स एफएम मा सन २००३÷००५ मा काम गरेका,
ड्ड नेपालको पहिलो फुटवल म्यागजिन “फुटवल” मा सहायक सम्पादकको रुपमा काम गरेका,
ड्ड काठमाडौंमा आयोजित एएफसि प्रेसिडेन्ट कप को मिडिया अफिसरको रुपमा काम गरेका,
ड्ड सकरयज नेपाल डट कम डट एनपि मा प्रमुख सम्पादक भएर काम गरेका र सेल्स तथा इभेन्ट्स म्यानेजमेन्टको काम गरेका,
ड्ड प्रिज्मा एडभरटाइजिङ कम्पनीमा ग्राहक सेवामा कार्यकारी भएर काम गरेका,
ड्ड मिडिया पार्टनर, इभेन्ट कोअर्डिनेटर, प्रोमोस्नल म्यानेजर भएर कोक, फेन्टा तथा स्प्राईट र एशियन पेन्ट्ससंग काम गरेका,
ड्ड भिवा एडभरटाईजिङमा सन २००८÷००९ मा इभेन्ट्स संयोजकको रुपमा काम गरेका,
ड्ड दक्षिण एशिया तथा नेपाली फुटवलको लागि गोल नेपाल डट कमको समाचार संयोजकको रुपमा काम गरीरहेका,
ड्ड सानमिगेल ए डिभिजन फुटवल लिग को लागि अनलाईन समाचार सम्पादकको रुपमा काम गरेका,
ड्ड फुटवलको लागि समर्पित गोल नेपाल डट कम को प्रमुख तथा सम्पादक,
ड्ड साफ च्याम्पियनसिप २००५ देखि २०१० सम्म विभिन्न मिडियामा खेलको प्रवर्धनात्मक विष्लेषण,
ड्ड नेपालमा आयोजना गरीएको एएफसि प्रेसिडेन्ट कप क्वालिफायर्स, च्यालेञ्ज कप क्वालिफायर्स, एफएसि अण्डर यू १६, यू १९ च्याम्पियनसिप, एएफसि कोचिङ कोर्स तथा रेफ्रि कोर्सको पूर्ण रुपले प्रवर्धन गरेका,
ड्ड ंिसंगापुरमा २०१० मा आयोजित सकेरेक्स एशियन फोरममा सहभागि,
ड्ड सन २००५ मा आयोजना गरीएको एएफसि कप फुटवल टूर्नामेन्टको मिडिया अफिसरको रुपमा काम गरेका,
ड्ड एसएलसि ः सिद्धार्थ वनस्थली, पिसिएल लेवल सिद्धार्थ बनस्थली साईन्स कलेज,
ड्ड ६ महिना व्यवसायीक पत्रकारीता तालिम लिएका,
ड्ड पोष्ट ग्राजुयट डव्लु एल सि, नेपाल,
ड्ड फुटवल तथा समग्र खेलको लागि अंग्रेजी, नेपाली र हिन्दी भाषाका वक्ता, कम्प्यूटर एप्लिकेसन, डिजाईनिङमा दक्षता,
ड्ड फुटवलको लागि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेसिया र सिंगापुरको भ्रमण गरीसकेका,
ड्ड युवा खेल पत्रकारीता पुरस्कार प्राप्त,
ड्ड सन २००५ मा एफएसि पे्रसिडेन्ट कप को एएफसि मेडल प्राप्त,
ड्ड फुटवलको प्रचार प्रसारमा सहयोग गरेकोले आहा गोल्डकप फुटवल प्रतियोगिता आयोजकबाट सम्मानित भएका,
ड्ड वुढा सुव्वा गोल्डकप सम्मानित,
ड्ड नेपालको खेल पत्रकारीतामा एक सक्रिय खेल पत्रकार थापाले नेपालका राष्ट्रिय तथा क्षेत्रीय स्तरका, गएका दुई विश्वकप फुटवल देखि हालसम्म पोखरामा रेडियो अन्नपूर्णमा खेल विश्लेषण गर्दै आएका र विश्वकप फुटवल २०१० को एप्रिसियशन लेटर प्राप्त गरेका,

देशमा पर्याप्त पूर्वाधार नभए पनि आआफ्नो ठाउँबाट कामलाई नरोकि जारी राखेमा विकास जारीरहिरहन्छ होईन भने काम बन्दैन । त्यसैले आउनुस् “एक ढिक्का भएर हातेमालो गरौं पूर्वले, पश्चिमले र मध्यले र एउटै साङलोमा जोडिएर फुटवल अनि समग्र खेलको विकासको प्रतिवद्धतासाथ लागौं ।” समकालिन तथा आउनेले विक्रमबाट सिकौं, फुटवलमा लाग्नेले जानौं, सानौबाट जान्दा केहि बेफाईदा हुँदैन, गर्न धेरै छ, धेरै गर्न सकिएको छैन, सकिने छ मात्र समारात्क सोंचले मात्रै, यसो गरे कसो होला ?
aarju2008@gmail.com

Wednesday, March 16, 2011

“गिट्टि र वालुवा बोके, सागपात र सुन्तला बेचे” अब पालो “स्वर र साधनाको”.....दुर्गा (सानु)


“गिट्टि र वालुवा बोके, सागपात र सुन्तला बेचे” अब पालो “स्वर र साधनाको”.....दुर्गा (सानु)
आरजु विष्ट “सल्यानी”

दुर्गाको पुख्यौलि थलो कास्की सराङकोट १ देखि बेसि पोखरासम्म खुसिको लहर छाएको छ नवगायिका दुर्गा परीयार खोजि प्रतिभाको गायनतर्फ फागुन २९ गते विजेता घोषणा गरीएपछि । बिपन्न परीवारमा खुसि त छाएको छ नै यो खुसि गाउँभरी फैलिएको छ । बाबा तर्क बहादुर र आमा ज्ञान कुमारीमा खुसिको सिमा छैन ।

“म निकै खुसि भएकि छु, म जति धेरै खुसि भएकि छु त्यो भन्दा धेरै पोखरेली दाजुभाई, दिदि बहिनी सबै खुसि भएको हुनुभएको छ, किनकी मलाई खोजि प्रतिभाको उपाधि दिलाउन १६ सय जनालाई उछिन्दै उछिन्दै टप १६ बाट एसएमएस भोट र रकम संकलनमा अतुलनिय सहयोग गर्नुभयो ।”

खोजि प्रतिभाको गायन तर्फको उपाधि जितेपछि पोखरेली गायिका दुर्गा परीयारको यो भनाई हो, दुर्गासंग दूरभाषमा भएको कुराकानीमा भनिन् ः “आज पोखरेलीले गरेको मिहिनेत खेर गएको छैन, खेर जान नदिने आफुले गरेको हरेक पलको प्रयास सार्थक भएको छ, निभ्न सक्थ्यो दीयो तर राष्ट्रभर वलेको, अन्तराष्ट्रसम्म नेपालीले दुर्गालाई चम्केको हेर्न नै चाहे, आज त्यहि भयो, जो मैले गायनतर्फको उपाधि प्राप्त गर्न सफल भए ।”

परीवारको आर्थिक अवस्था कमजोर थियो, बाबाका दुई श्रीमती हुनुहुन्थ्यो, नेपाली समाजमा दुई श्रीमती हुनेहरुको हुने खानेको त के अवस्था हुन्छ, मेरो हालत र परीवारको के थियो होला ? बिगतका दिनलाई सम्झिदा छाति भक्कानिएर आउँछ, पढ्न मन हुन्थ्यो, पैसा थिएन, गाउने मन हुन्थ्यो सहयोग र सहारा हुन्नथ्यो तर आज उपाधि जितेपछि त्यहि कास्कीको सराङकोट सहित हामौ पोखरामा खुसियाली छाएको छ, समग्र पोखराको वधाईको पात्र हुन म सफल भएकि छु, यो मेरो मिहिनेत र ठूलो मन भएका महानुभावले गर्दा हो” दुर्गाको भनाई ।

पढाई ढिलो शुरु गरे, १० वर्ष देखि पढाई आरम्भ गरेकि हुँ, उनले भनिन् वालज्योती प्रावि बगरबाट पढाई शुरु गरीयो, त्यतिबेला पढाई बाहेकको समयमा गिट्टि कुटियो, वालुवा बोकियो, थाप्लोमा नाम्लोको डाम बसाल्दै विद्यालयसम्म पगियो, निमावि हुँदै राष्ट्रिय उच्च माविबाट एसएलसि पनि पास गरीयो । अहिले पिएन क्याम्पसमा स्नातक अध्ययन चलिरहेको छ ।

गिट्टि बोकेर र गिट्टि कुटेर कति पो पैसा आउँथ्यो र ? तर पनि गुजारा चलाउने त्यहि बाटो थियो, फूलवारीमा चीयापत्ति बनाउने कम्पनीमा पनि काम गरे, एउटा वालमजदुर भएर यहाँसम्म आउँदा पहिलेका कष्टका दिनहरु कहालि लाग्दा थिए भन्दा अहिले सुन्नुहुने, मलाई जान्न खोज्नु हुनेलाई सजिलै पत्याउन गह्रो हुन पनि सक्छ, हो म त्यस्तै बिपन्न परीवारको छोरी आज पोखरेलीको छोरी भएकि छु मलाई गर्व लागेको छ ।”

वालुवा बोके, चर्खा घुमाउने काम गरे, डोकोमा साग, सुन्तला बोकेर बेच्न जान्थे, ज्यामी काम गरेर खान्थे, अर्काको घरमा लुगा धुन जान्थे, कहिले सिलाई कटाईको सिप पनि भएकोले सिलाईको काम पनि गरे । सहयोग गर्ने थिएनन्, यस्तै कामबाट सतेमार्गको खोजि गर्दै आज यहाँसम्म आएकि छु दुर्गाले भनिन् ।

बुबा, आमा घुम्दैफिर्दै गर्दा २०३९ साल कार्तिक ५ गते चीतवनमा जन्मेकि हुन दुर्गा । तर पुख्र्यौलि भने सराङकोट १ कास्की हो । दुर्गापछि चार भाई र एक बहिनी छन् । बाबा तर्क बहादुर परीयार आमा ज्ञान कुमारी परीयारकि पहिलो सन्तान हुन दुर्गा । उसो त दुर्गाकि कान्छि आमा हुनुहुन्थ्यो तर उहाँको तीन वर्र्ष पहिले नै निधन भएको थियो । जेठीपटिट्टबाट दुर्गा पछि भाईहरु शिव, राजु, सुनिल र बहिनी सरु रहेका छन् भने कान्छि आमाबाट भाई हरि जन्मेका हुन । भाई शिवले अहिले डकर्मिको काम गरीरहेका छन्, अर्का भाई हरिले ट्याक्सि चलाउछन् भने राजु कक्षा ११, सुनिल कक्षा ८ र बहिनी सरुले १२ मा अध्ययन गर्दैछिन् । भाईहरुमा राजुको पनि गीत गाउने रुचि रहेको छ ।

वाल्यकालकि “दुर्गि”

वाल्यकालमा सबैले मलाई दुर्गि भन्थे दुर्गाले भनिन्, छिमेकिले पनि मायाले दुर्गि नै भन्छन्, मामाले त “गुईय” नाम राखिदिनु भएको थियो, त्यो किनभने उनले भनिन ः“सानो छँदा मामाले बोकेको बेलामा दिशा गरेछु हा...हा...हा...।” बाबा तर्क बहादुरले चाँहि सानु भन्नुहुन्थ्यो र अहिले पनि सानु नै भन्नुहुन्छ ।”

दुर्गाले विद्यालय जीवनमा त्यहाँ हुने कार्यक्रममा गीत गाउने रुचि राख्थिन । विद्यालयमा गाउथिन पनि तर गायिका बन्ने सपना पूरा गर्न गरीब परीवारको सदस्य, त्यो पनि छोरीलाई सजिलै संभव थिएन । र पनि मैले बाटो खोजिरहेकि थिए आज विजेता बनेपछि सहज हुन थालेको छ तर यत्तिले पनि पुग्दैन गर्न धेरै बाँकि छ उनले भनिन ।

आर्थिक अभावले मजदूरी गर्न वाध्य दुर्गाले नेपाली तारा दुईको अडिसनमा छानिएपछि गाउने जोस, आत्म विश्वास जागेको बताउँदै गाउन पनि शुरु गरेको अनुभव सुनाईन । २०६७ साल देखि पोखराको मान्द्रो दोहोरीमा आधुनिक गीतको गायिकाको रुपमा कार्यरत दुर्गाले त्यसअघि फूलवारी होटल तथा लेकसाईडस्थित वाराही होटलको बाराही कल्चरमा गीत गाएर आफ्नो गर्जो टार्ने प्रयास गरेकि थिईन तर त्यो पर्याप्त नभएपछि कामको खोजि गर्दा मान्द्रोमा गाउने अवसरमा पाएको र अहिले पहिलेको तुलनामा आर्थिकस्थिति सुध्रिएको बताउछिन् । उनले भनिन् ः“पहिले गिट्टि, वालुवा बोकेकि दुर्गा अहिले राष्ट्रिय कलाकार बन्दैछ, प्रयास जारी राखेकि छु, आर्थिक अवस्था पहिलेको जस्तो जर्जर छैन, दुःख गरेर घर खर्च पुर्याएकि छु ।” अहिले तलव पनि हर दिनको टिप्स तलवको भन्दा दोव्वर वढि हुने भएकोले हाललाई राम्रै छ गलल्ल हाँस्दै उनले सुनाईन ।

मूजिसियनले फाईनलमा दुःखी बनाए, तनावमा गाए

खोजि प्रतिभाको विजेता नबन्न पनि सक्थे, छोड्ने मूडलाई धन्न रोक्ने हिम्मत गरे । यदि त्यस्तो अवस्था आएको भए नेपाली सुगम संगीतलाई हानि त हुन्थ्यो नै त्यो भन्दा वढि स्तव्ध पोखरेली हुन्थे, वढि संयम भएर दुर्गाले प्रत्येक्ष कार्यक्रममा विक्षिप्त अवस्थामा गीत गाउनु परेको बताईन ।

“मलाई टेन्सन भएको थियो, फाईनलमा गाउने गीत पहिले नै दिईएको हो, आयोजकलाई थाहा थियो तर फाइनल हुने दिनमा पूर्वाभ्यास पनि गराईएन, काठमाडौंमा बसेका साथीहरुले भने पूर्वाभ्यास पहिल्यै गर्न पाएछन्, मैले रोजेको गीत पूर्वअभ्यास गर्छु भन्दा म्यूजिसियनहरुले मानेनन्, उनिहरुले गीत नपाएको भन्दै ठाडै रुखो बोलि बोले, दुःख लाग्यो, एक मनले छोडेर आउँ जस्तो लागेको थियो तर आम पोखरेलीको माया लिएर फाईनलमा उत्रिनै पर्ने अन्र्तमनबाट जोस जागेपछि स्टेजमा गएर गाए र सफल पनि भए । पिडाको आँशुलाई हाँसो र खुसिमा परीणत गर्न सके ।

तर पहिलेका चरणहरुमा हाँसि खुसिका साथ गाएको भएपनि फाईनलमा अधिक तनावमा परेकोले आफुलाई दोश्रो चरणमा पर्छु जस्तो लागेको थियो, कारुणीक स्वरमा उनले भनिन् निर्णायक मण्डलको निर्णय तथा पोखरेलीको भोटले कसैलाई जित्न दिएन पोखरेली अनि पोखरेली चेलीको जित भयो ।

तत्काल खुसि साट्न पाईन, मोवाईलको बेट्रि सकिएछ....

विजेता घोषणा गर्ने बित्तिकै पोखरालाई सम्झिए, सबै सहयोगिलाई सम्झिए तर फाईनलमा पूर्व अभ्यास गर्न नपाएको, म्यूजिसियनको रुखो र नमिठो बोलि सुन्नु परेको, फाईनलमा फाईनल अभ्यास गर्न नपाएको, तर संयमित भएर पोखरेलीलाई सम्झिएर साहस बटुलेर मनमा पिडा भएपनि त्यसलाई खुसिको पिडामा बदल्दै आँशु निकालेर गाईवरी विजयी भएपछि सकेजतिलाई फोन गर्छु भनेको त क्या फसाद पर्यो “मोवाईलको व्याट्रि सकिएको रहेछ, थाहा नै भएन ।” कार्यक्रम पछि राति होटलमा आएर व्याट्रि चार्ज गरेपछि राति अवेरसम्म खुसि साटासाट गर्न पाईयो । जिते पछिका दिनहरुमा फोनबाट वधाई ग्रहण गर्न र फोन उठाउन भ्याई नभ्याई भएको उनले बताईन ।

दुर्गालाई काठमाडौंमा निम्तो

दुर्गासंगै उपविजेता बनेका उत्तमजंग लिम्वुले दुर्गालाई फोनबाट वधाईदिदैं काठमाडौंमा आएर नेपाली संगीतमा संघर्ष गर्न भनेका छन् । आफ्नो हारमा आफ्ना कमजोरी पनि रहेको बताउने उत्तमले काठमाडौंमा बसेर मिलेर संघर्ष गरौं म दोश्रो भएको पार्टी पनि दिउँला, उत्तमले भनेको कुरा दुर्गाले बताईन ।

संगीतकार शुरेस अधिकारीले जितलाई सबैथोक नठानेर धेरै गर्न बाँकि रहेको कुरालाई मनन गरी अब अझैं राम्रो गरेर देखाउ भन्दै दुर्गालाई वधाई दिएका छन् ।

नायक भुवन केशीले चेलीले जित्नु अहोभाग्य हो भन्दै वधाई दिन भ्याए र भने “हामीले राम्रो गायिका पायौं ।”

अभिनेता निर शाहले भने ः“वाह क्या बवाल भो, बवाल भो, छोरी बवाल भो” भन्दा नव गायक÷गायिकालाई झट्टै बुझ्न गाह्रो भएछ क्यारे, छोरीलाई जितको वधाई भन्दै राम्रो गायिका बन्नेमा आशावादी रहेको उल्लेख गरे । र फेरी भने ः“बरु कार्यक्रमको नाम “को भन्दा को कम” राखौं......हा..हा..हा..।

नायिका रेखा थापा तथा रेनासा राई (डान्स जज) ले पहिले देखि नै आफुहरुले दुर्गाले जित्छ भन्ने सोचेकोमा त्यो फाईनलबाट पूरा भएकोमा खुसि लागेको बताएका छन् । अर्का एकजना गजल संचालकले काठमाडौंमा भएको गजलमा गाउन निम्तो दिएको भएपनि तत्काल केहि नसोचको दुर्गाले बताएकि छन् ।

दुर्गाको आवद्धता

ड्ड जनसांस्कृतिक महासंघ कास्कीको सदस्य, सूर्योदय कलाकेन्द्रको सदस्य तथा तरेली सांस्कृतिक पारीवारको पनि सदस्य ।

संगीतमा संलग्नता र सहभागिता

ड्ड रेडियो अन्नपूर्ण ९३.४ ले २०५८÷०५९ मा शुरु गरेको “प्रतिभाको खोजि” कार्यक्रममा तत्कालिन संचालक अरमाली श्रेष्ठले संचालन गरेको कार्यक्रमको एउटा भागको कार्यक्रममा प्रथम भएकि, गण्डकी तारा उपविजेता बन्न सफल, बिग आईकन को उत्कृष्ट ७ मा पर्न सफल ।
ड्ड पहिलो गुरु दिलिप गायकको सरगम संगीत प्रशिक्षण केन्द्रबाट संगीत शिक्षा शुरु,
ड्ड त्रिवेणी संगितालयमा प्रशिशक्षक संगीतकार नवराज वरालसंग संगीतको प्रशिक्षण लिदैं,
ड्ड जोजिजु म्यूजिक सेन्टरमा शास्त्रीय संगीतको शिक्षा सिक्दै र
ड्ड शास्त्रीय संगीतको डिप्लोमा जुनियर तेश्रो वर्षको विद्यार्थी ।
ड्ड १२ वटा गीत गाईसकेकि, पहिलो स्वागत गीत, विश्वकर्मा भजन, सामुदायिक गीत, रोपाई गीत, आधुनिक ४ वटा गरी १२ वटामा स्वर भरीसकेकि, यस्तै गायक पदमराज ढकाल संग सामुहिक ७ गीतमा, नरजंग गुरुङसंग दोहोरी, मलेसियामा रहेका विवस लामासंग दोहोरी, नृत्य निर्देशक गोरे गुरुङको उत्पादनमा कौडा गीतमा संलग्नता जनाई सकेकि ।

दुर्गालाई विदेश निम्तो

दुर्गाले दुई वर्ष अगाडी मलेसियामा आयोजना गरीएको कार्यक्रम गीत गाएर आईसकेकि छन् भने खोजि प्रतिभाको विजेता बनेपछि नयाँ निम्तो पनि पाएकि छन् । हङकङमा आगामी वैशाखमा आयोजना हुने कार्यक्रममा निम्ता आएको छ भने यूकेमा पनि बोलाउने सुरसार गरीएको छ ।

प्रतिभावान १६ सय को भिडबाट गाउँदै गाउँदै, डेन्जर जोनमा पर्दै पर्दै अन्ततः जितको सुनिश्चितता गर्न सफल पोखरेली छोरी दुर्गा, साईनो अनुसार दिदि तथा बहिनी दुर्गालाई अगाडीको यात्राको लागि सतत् शुभकामना ।

तिमीले अब,
फेरी गिट्टि र वालुवा बोक्नु पर्दैन
अनि सागपात र सुन्तला बेच्नु पर्दैन,
स्वर र साधनामा तल्लिन भा पुग्छ
जुठा भाँडा र लत्ताकपडा धुनु पदैैन ।

जय होस् नेपाली संगीतको ।
aarju2008@gmail.com

Sunday, March 6, 2011

भट्टराईको अन्तिम हस्तलिखित पत्र असोज २१, २०६४, “हाम्रो देशमा एक व्यापक संकट देखा परेको छ” : भट्टराई





भट्टराईको अन्तिम हस्तलिखित पत्र असोज २१, २०६४,
“हाम्रो देशमा एक व्यापक संकट देखा परेको छ” : भट्टराई.......








मिलनसार, जवानीका क्रान्तिकारी किसुनजि अब के दस्तावेज र तिथिमितिको स्मरणको पात्र मात्रै वा अरुथोक.........?


पोखरा, फागुन 22

कसैले सन्त नेता भन्छन्, कसैले कांग्रेस संस्थापक नेता, त कसैले पूर्व प्रधानमन्त्री किसुन जी अर्थात कृष्णप्रसाद भट्टराई, ...जे भने पनि उहाँ प्रजातन्त्रको लागि योगदान दिनुभएका उच्चस्तरका नेता हुनुहुन्थ्यो ।

किसुन जी राणा शासनको विरुद्ध, निरंंकुश पंचायतको विरुद्ध वा वेलायती साम्राज्यवादको विरुद्धको मोर्चामा उभिदैं जेलनेल खाएर देशको शासन सत्ता सम्हाल्न पुगेको नेता हो । धर्तिबाट अन्र्तध्यान हुँदाका बखतसम्म भट्टराईले आफ्नो सोंच बदल्नु भएन तर पार्टीभित्र बाटै बेला बेलामा असहयोग भएको उहाँको गुनासो थियो ।

पछिल्लो समयमा पार्टी गणतन्त्रको बाटोमा लागेपछि पार्टीबाटै अलग्गिएर संवैधानिक राजतन्त्रको वकालत गर्न छोड्नु भएको थिएन ।

कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारतको काँशी स्थित पञ्चगंगा घाटमा वि.सं १९८१ सालमा जन्म भएको थियो । वुवा संकटाप्रसाद र ललिता देवीका ४ छोरा मध्येका कान्छा छोरा कृष्ण प्रसादको औपचारिक शिक्षा भारतमै भएको थियो ।

उहाँले भारतकै डिएभी कलेजवाट सन १९४६ मा स्नातक तहको औपचारीक शिक्षा हाँसिल गर्नु भएको थियो । तर स्नाकोत्तर तहको शिक्षा भने हाँसिल गर्न सक्नु भएन । स्नाकोत्तर तह दोस्रो वर्षको परिक्षा चलिरहेको वेला नेपालमा प्रजातान्त्र प्राप्तीको आन्दोलन चर्किएपछि परिक्षा नै छोडेर आन्दोलनमा लाग्नु भएको थियो ।....

मुलुकमा प्रजातन्त्र स्थापना हुनुपर्ने अभियानमा सक्रिय हुनको लागि भारतमा रहेका विपि कोइराला, शुवर्ण सम्सेर, गणेशमान सिंह लगाएतको टोलिमा सामेल हुदै किसुनजीले नेपालमा राणा सासन र पछि तत्कालिन राजा महेन्द्रको सक्रिय सासनको विरोधमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

त्यतीवेलाको आन्दोलनमा किसुनजीले ४ वर्ष तीन महिना जेलजिवन विताउनु भएको थियो । २०१७ साल पौष १ गते काठमाडौंकोे थापाथलीबाट पक्राउ पर्नुभएका किसुनजी २०२७ साल चैत्र २४ गते थुना मुक्त हुनुभएको थियो । किसुनजीले सुन्दरीजल जेलमा करिव ८ वर्ष विताउनुभयो । कलेज पढ्दै गर्दा भारतमा अंग्रेज विरुद्ध भारत छोड आन्दोलनमा सक्रिय भएको आरोपमा किसुनजी काँसीमै पक्राउ पर्नुभयो ।

राणा सासन विरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय सहित भारतको वयरगणिया सम्मेलनवाट काँग्रेसले वनाएको मुक्ति सेनाको भट्टराई संस्थापक सदस्य समेत वन्नुभएको थियो । जस्ले गोर्खावाट सशस्त्र संघर्ष थालेको थियो ।

संगै जेल परेका विपि कोइराला र गणेशमान सिं...ह कागज गरी जेल मुक्त भएपनि, पञ्चायत सामु नझुक्ने अडान लिएको कारण किसुनजी थप १ वर्ष ८ महिना वढि जेल जिवन विताउन बाध्य हुनुपर्यो । कागज गरेर छुट्न लगातार खवर पठाएपनि त्यसलाई व्यवास्ता गरेपछि भट्टराई प्रति आक्रोशिसत भएका तत्कालिन राजा महेन्द्रले जेल प्रशासनलाई यो वाहुनलाई दोवाटोमा लगेर छोड्नु भन्ने आदेश दिएका थिए । २०३४ सालमा भारतको पट्नामा भएको विशेष भेलाले किसुनजीलाई नेपाली काँग्रेसको कार्यवहाक सभापतिको जिम्मेवारी दिइयो ।

उहाँले करिव १४ वर्ष कार्यवहाक सभापतिको रुपमा नेपाली कांग्रेसको नेतृत्व गर्नुभयो । २०४८ सालमा झापाको कलवल गुढीमा भएको ८ औ महाधिवेशनले किसुनजीलाई निर्विरोध सभापतिमा चयन गरेको थियो ।

उहाँ नेपाल प्रेश युनीयन र पत्रकार संघको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । मुलुकमा प्रजातन्त्र स्थापना पछि वनेको अन्तरिम सरकारको नेतृत्व गर्नुभएका किसुनजी मुलुकमा पहिलो संविधान निर्माण र जारी गर्न पनि सफल हुनुभएको थियो । २०४७ साल वैसाख ६ गते देखि ०४८ साल जेठ १२ गतेसम्म प्रधानमन्त्री वन्नुभएका किसुनजीले सक्रिय राजतन्त्रलाई संविधान भित्र ल्याउने कामलाई पुर्णता दिएर प्रशंसा पाउनु भयो

२०४८ साल पछि मुलुकमा विभिन्न राजनितिक उतार चढाव आए तर उहाँ २०५६ सालमा फेरी दोस्रोपटक मुलुकको नेतृत्व गर्न सफल हुनुभयो । पर्सा क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाको सदस्य चुनिएपछि किसुनजी १० महिनासम्म प्रधानमन्त्री वन्नुभयो ।

नेपाली कांग्रेस भित्रकै आन्तरिक कलहका कारण उहाँले संसदमा २ पटक अविश्वासको प्रस्ताव समेत सामना गर्नु परेको थियो । त्यसपछि उहाँले पदवाट राजिनामा गरेर प्रधानमन्त्रीको कुर्सी छोडिदिनु भयो ।

निर्वाचनमा भने किसुनजीको इतिहास सुखद रहेन, २०१५ सालको पहिलो संसदिय निर्वाचनमा गोर्खावाट उम्मेदवार वन्नुभएका उहाँले पराजय भोग्नु भयो ।

निर्वाचनमा पराजीत भएपनि नेता विपि कोइरालाले राजदुत, सभामुख र मन्त्री मध्य एक पद रोज्न आग्रह गर्दा भट्टराईले प्रजातन्त्रमा संसदिय अभ्यास ठूलो भन्दै सभामुख पद रोज्नुभयो । त्यसपछि किसुनजी प्रतिनिधी सभाको पहिलो सभामुख हुनुभयो ।

वहुदलीय व्यवस्थाको पुर्न वहाली पछि आम निर्वाचनमा काठमाडौ क्षेत्रनम्वर १ वाट पनि पराजित हुनुभयो । २०४८ सालमा एमाले नेता मदन भण्डारीसँग ७ सय ५१ मतले पराजित हुनुभएका किसुनजी २०५१ सालको उप निर्वाचनमा भण्डारी पत्नी विद्या संगपनि पराजित हुनुभयो । त्यसको ५ वर्षपछि २०५६ सालमा भने उहाँले पर्सा क्षेत्र नम्वर १ वाट प्रतिनिधि सभाको चुनावमा विपक्षी उम्मेदवारलाई १३ हजार वढि मतले पराजित गर्दै विजयी हुनुभयो ।
दोस्रो पटक प्रधानमन्त्रीवाट राजिनामा दिएपछि सक्रिय राजनिति छोड्नु भएका भट्टराईले आफु विरुद्ध लागेकालाई कारवाही नगरेर पार्टि विभाजनवाट रोक्नु भएको थियो । तर २०५८ सालमा पार्टी विभाजन हुदा शेरवहादुर देउवा नेतृत्वको कांग्रेसलाई अलि वढि साथ दिएप...छि कांग्रेसी कार्यकर्ताले आलोचना समेत गरेका थिए ।

गणतन्त्र स्थापना पछि राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएर उहाँ फेरी एक पटक चर्चामा आउनु भएको थियो । कांग्रेसले संवैधानिक राजतन्त्र छाडेर गणतन्त्रको वाटो लिएपछि निकै क्रुद्ध हुनु भएको थियो भने पार्टी एकिकरण भएको भोलि पल्ट ०६४ असोज २१ गते कांग्रेसबाट अलग भएको हस्तलिखित विज्ञप्ति प्रकाशित गर्नुभएको थियो । जो उहाँको राजनैतिक निस्क्रियताको १० वर्ष पछिको पहिलो पत्रकार सम्मेलन थियो । त्यसबेला उहाँले संविधानले बाँधिएको राजतन्त्रको पक्षमा अभिव्यक्ति दिनुभएको थियो ।

कांग्रेसले गणतन्त्रको बाटो अपनाएपछि नेपालको राजनीतिमा संकट आउने भन्दै भट्टराई आश्रम भन्दा बाहिर निस्कनु भएन । देश संक्रमणकालमा रहिरहेकोमा चिन्ता व्यक्त गरीरहने भट्टराईले चाँडो राजनीतिक निकासको छिनोफानो नभए खतरा आईपर्ने चेतावनि दिनुभएको थियो ।

दलहरुको व्यापक गृहकार्यबाट शाति प्रक्रियाको एक सिंगो हिस्सेदार माओवादीका नेताहरुलाई मेरा मित्र भनेर संवोधन गर्नुहुुने भट्टराईले राष्ट्रिय एकतालाई मूल मुद्ध बनाएर अघि बढ्न आग्रह गर्दै आउनु भएको थियो ।

तर किसुनजीको विचारलाई वुढो मान्छेको रुग्न विचार भनेर उहाँले मिति २०६७ फागुन २० गते राति ११.२६ मिनेटमा प्राण त्याग्दासम्म टिप्पणी गन र पछि पनि त्यतिनै जमात नहोला भन्न सकिन्न । धर्तिलाई छोडेर जानु भएका किसुनजि अब दस्तावेज र तिथिमितिको स्मरणमा रहने पात्र मात्रै वा अरुथोक ? भविष्यले देखाउला । जय होस्...


Saturday, March 5, 2011

मिलनसार, जवानीका क्रान्तिकारी किसुनजि अब के दस्तावेज र तिथिमितिको स्मरणको पात्र मात्रै वा अरुथोक.........?




पोखरा, फागुन २१

कसैले सन्त नेता भन्छन्, कसैले कांग्रेस संस्थापक नेता, त कसैले पूर्व प्रधानमन्त्री किसुन जी अर्थात कृष्णप्रसाद भट्टराई, ...जे भने पनि उहाँ प्रजातन्त्रको लागि योगदान दिनुभएका उच्चस्तरका नेता हुनुहुन्थ्यो ।

किसुन जी राणा शासनको विरुद्ध, निरंंकुश पंचायतको विरुद्ध वा वेलायती साम्राज्यवादको विरुद्धको मोर्चामा उभिदैं जेलनेल खाएर देशको शासन सत्ता सम्हाल्न पुगेको नेता हो । धर्तिबाट अन्र्तध्यान हुँदाका बखतसम्म भट्टराईले आफ्नो सोंच बदल्नु भएन तर पार्टीभित्र बाटै बेला बेलामा असहयोग भएको उहाँको गुनासो थियो ।

पछिल्लो समयमा पार्टी गणतन्त्रको बाटोमा लागेपछि पार्टीबाटै अलग्गिएर संवैधानिक राजतन्त्रको वकालत गर्न छोड्नु भएको थिएन ।

कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारतको काँशी स्थित पञ्चगंगा घाटमा वि.सं १९८१ सालमा जन्म भएको थियो । वुवा संकटाप्रसाद र ललिता देवीका ४ छोरा मध्येका कान्छा छोरा कृष्ण प्रसादको औपचारिक शिक्षा भारतमै भएको थियो ।

उहाँले भारतकै डिएभी कलेजवाट सन १९४६ मा स्नातक तहको औपचारीक शिक्षा हाँसिल गर्नु भएको थियो । तर स्नाकोत्तर तहको शिक्षा भने हाँसिल गर्न सक्नु भएन । स्नाकोत्तर तह दोस्रो वर्षको परिक्षा चलिरहेको वेला नेपालमा प्रजातान्त्र प्राप्तीको आन्दोलन चर्किएपछि परिक्षा नै छोडेर आन्दोलनमा लाग्नु भएको थियो ।....

मुलुकमा प्रजातन्त्र स्थापना हुनुपर्ने अभियानमा सक्रिय हुनको लागि भारतमा रहेका विपि कोइराला, शुवर्ण सम्सेर, गणेशमान सिंह लगाएतको टोलिमा सामेल हुदै किसुनजीले नेपालमा राणा सासन र पछि तत्कालिन राजा महेन्द्रको सक्रिय सासनको विरोधमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

त्यतीवेलाको आन्दोलनमा किसुनजीले ४ वर्ष तीन महिना जेलजिवन विताउनु भएको थियो । २०१७ साल पौष १ गते काठमाडौंकोे थापाथलीबाट पक्राउ पर्नुभएका किसुनजी २०२७ साल चैत्र २४ गते थुना मुक्त हुनुभएको थियो । किसुनजीले सुन्दरीजल जेलमा करिव ८ वर्ष विताउनुभयो । कलेज पढ्दै गर्दा भारतमा अंग्रेज विरुद्ध भारत छोड आन्दोलनमा सक्रिय भएको आरोपमा किसुनजी काँसीमै पक्राउ पर्नुभयो ।

राणा सासन विरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय सहित भारतको वयरगणिया सम्मेलनवाट काँग्रेसले वनाएको मुक्ति सेनाको भट्टराई संस्थापक सदस्य समेत वन्नुभएको थियो । जस्ले गोर्खावाट सशस्त्र संघर्ष थालेको थियो ।

संगै जेल परेका विपि कोइराला र गणेशमान सिं...ह कागज गरी जेल मुक्त भएपनि, पञ्चायत सामु नझुक्ने अडान लिएको कारण किसुनजी थप १ वर्ष ८ महिना वढि जेल जिवन विताउन बाध्य हुनुपर्यो । कागज गरेर छुट्न लगातार खवर पठाएपनि त्यसलाई व्यवास्ता गरेपछि भट्टराई प्रति आक्रोशिसत भएका तत्कालिन राजा महेन्द्रले जेल प्रशासनलाई यो वाहुनलाई दोवाटोमा लगेर छोड्नु भन्ने आदेश दिएका थिए । २०३४ सालमा भारतको पट्नामा भएको विशेष भेलाले किसुनजीलाई नेपाली काँग्रेसको कार्यवहाक सभापतिको जिम्मेवारी दिइयो ।

उहाँले करिव १४ वर्ष कार्यवहाक सभापतिको रुपमा नेपाली कांग्रेसको नेतृत्व गर्नुभयो । २०४८ सालमा झापाको कलवल गुढीमा भएको ८ औ महाधिवेशनले किसुनजीलाई निर्विरोध सभापतिमा चयन गरेको थियो ।

उहाँ नेपाल प्रेश युनीयन र पत्रकार संघको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । मुलुकमा प्रजातन्त्र स्थापना पछि वनेको अन्तरिम सरकारको नेतृत्व गर्नुभएका किसुनजी मुलुकमा पहिलो संविधान निर्माण र जारी गर्न पनि सफल हुनुभएको थियो । २०४७ साल वैसाख ६ गते देखि ०४८ साल जेठ १२ गतेसम्म प्रधानमन्त्री वन्नुभएका किसुनजीले सक्रिय राजतन्त्रलाई संविधान भित्र ल्याउने कामलाई पुर्णता दिएर प्रशंसा पाउनु भयो

२०४८ साल पछि मुलुकमा विभिन्न राजनितिक उतार चढाव आए तर उहाँ २०५६ सालमा फेरी दोस्रोपटक मुलुकको नेतृत्व गर्न सफल हुनुभयो । पर्सा क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाको सदस्य चुनिएपछि किसुनजी १० महिनासम्म प्रधानमन्त्री वन्नुभयो ।

नेपाली कांग्रेस भित्रकै आन्तरिक कलहका कारण उहाँले संसदमा २ पटक अविश्वासको प्रस्ताव समेत सामना गर्नु परेको थियो । त्यसपछि उहाँले पदवाट राजिनामा गरेर प्रधानमन्त्रीको कुर्सी छोडिदिनु भयो ।

निर्वाचनमा भने किसुनजीको इतिहास सुखद रहेन, २०१५ सालको पहिलो संसदिय निर्वाचनमा गोर्खावाट उम्मेदवार वन्नुभएका उहाँले पराजय भोग्नु भयो ।

निर्वाचनमा पराजीत भएपनि नेता विपि कोइरालाले राजदुत, सभामुख र मन्त्री मध्य एक पद रोज्न आग्रह गर्दा भट्टराईले प्रजातन्त्रमा संसदिय अभ्यास ठूलो भन्दै सभामुख पद रोज्नुभयो । त्यसपछि किसुनजी प्रतिनिधी सभाको पहिलो सभामुख हुनुभयो ।

वहुदलीय व्यवस्थाको पुर्न वहाली पछि आम निर्वाचनमा काठमाडौ क्षेत्रनम्वर १ वाट पनि पराजित हुनुभयो । २०४८ सालमा एमाले नेता मदन भण्डारीसँग ७ सय ५१ मतले पराजित हुनुभएका किसुनजी २०५१ सालको उप निर्वाचनमा भण्डारी पत्नी विद्या संगपनि पराजित हुनुभयो । त्यसको ५ वर्षपछि २०५६ सालमा भने उहाँले पर्सा क्षेत्र नम्वर १ वाट प्रतिनिधि सभाको चुनावमा विपक्षी उम्मेदवारलाई १३ हजार वढि मतले पराजित गर्दै विजयी हुनुभयो ।
दोस्रो पटक प्रधानमन्त्रीवाट राजिनामा दिएपछि सक्रिय राजनिति छोड्नु भएका भट्टराईले आफु विरुद्ध लागेकालाई कारवाही नगरेर पार्टि विभाजनवाट रोक्नु भएको थियो । तर २०५८ सालमा पार्टी विभाजन हुदा शेरवहादुर देउवा नेतृत्वको कांग्रेसलाई अलि वढि साथ दिएप...छि कांग्रेसी कार्यकर्ताले आलोचना समेत गरेका थिए ।

गणतन्त्र स्थापना पछि राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएर उहाँ फेरी एक पटक चर्चामा आउनु भएको थियो । कांग्रेसले संवैधानिक राजतन्त्र छाडेर गणतन्त्रको वाटो लिएपछि निकै क्रुद्ध हुनु भएको थियो भने पार्टी एकिकरण भएको भोलि पल्ट ०६४ असोज २१ गते कांग्रेसबाट अलग भएको हस्तलिखित विज्ञप्ति प्रकाशित गर्नुभएको थियो । जो उहाँको राजनैतिक निस्क्रियताको १० वर्ष पछिको पहिलो पत्रकार सम्मेलन थियो । त्यसबेला उहाँले संविधानले बाँधिएको राजतन्त्रको पक्षमा अभिव्यक्ति दिनुभएको थियो ।

कांग्रेसले गणतन्त्रको बाटो अपनाएपछि नेपालको राजनीतिमा संकट आउने भन्दै भट्टराई आश्रम भन्दा बाहिर निस्कनु भएन । देश संक्रमणकालमा रहिरहेकोमा चिन्ता व्यक्त गरीरहने भट्टराईले चाँडो राजनीतिक निकासको छिनोफानो नभए खतरा आईपर्ने चेतावनि दिनुभएको थियो ।

दलहरुको व्यापक गृहकार्यबाट शाति प्रक्रियाको एक सिंगो हिस्सेदार माओवादीका नेताहरुलाई मेरा मित्र भनेर संवोधन गर्नुहुुने भट्टराईले राष्ट्रिय एकतालाई मूल मुद्ध बनाएर अघि बढ्न आग्रह गर्दै आउनु भएको थियो ।

तर किसुनजीको विचारलाई वुढो मान्छेको रुग्न विचार भनेर उहाँले मिति २०६७ फागुन २० गते राति ११.२६ मिनेटमा प्राण त्याग्दासम्म टिप्पणी गन र पछि पनि त्यतिनै जमात नहोला भन्न सकिन्न । धर्तिलाई छोडेर जानु भएका किसुनजि अब दस्तावेज र तिथिमितिको स्मरणमा रहने पात्र मात्रै वा अरुथोक ? भविष्यले देखाउला । जय होस्...

Thursday, March 3, 2011

एउटै बाटो तिमीलाई...


एउटै बाटो तिमीलाई....

एउटै बाटो तिमीलाई फेरो लागेछ
मलमलमा हिंडेसि अफ्टेरो लागेछ ।

सातै घुम्ति काट्दा थाकेको भनिनौ
जिन्दगीमा अर्कैलाई ताकेको भनिनौ,
महलबाट प्यारो बुग्रो कटेरो लागेछ
एउटै.................

हजार बार दोहोर्याउने चलन भयो
माया त्यो भन्ने न कुरा जलन भयो,
उज्यालो निर्मोहीलाई अधेरो लागेछ
एउटै...............

एउटै बाटो तिमीलाई फेरो लागेछ
मलमलमा हिंडेसि अफ्टेरो लागेछ ।

Tuesday, March 1, 2011

कहाँ खोजु वुद्धलाई ?......


कहाँ खोजु वुद्धलाई ?

दर्शन र सुदृष्टि भन्दा
वुद्धलाई देउता बनाए,
पत्थरको देउता बनाए,
...द्रष्टा, दर्शन भन्दा पनि
मात्र देउता र मूर्ति ।
अनि,
कहाँ रहन्छ वुद्धत्व ?
कहाँ रहन्छ अपनत्व ?
मात्र भाकल गरीरहेछौं
शान्ति, शान्ति र शान्ति ।

शान्ति रोज्ने हामी,
शान्ति खोज्ने हामी
के शान्ति धर्म नामक नारा,
तुल र व्यानर,
कोष र असहिष्णु,
संसारको उज्यालो
विशेष कसैको पेवा बन्न सक्छ ?

हृदयले खोजेको वुद्ध
सिमापार नक्कलि थलको,
मेरो देशले खोजेको वुद्ध
विदेशको खोकिलामा भाको,
खातका खात
कितावहरुमा देखाईने,
यो पूण्यभूमिको हैनन्
यो माटोका हैनन् भनि
शिक्षापान गरीरहेका,
धाराप्रवाह वाणिहरुलाई
शिक्षाको सेसन चलाएका,
शिक्षाका महारथिहरुमा
वुद्धलाई संभव छैन पाउन,
भन्नुस् साथी,
अब कहाँ खोजु वुद्धलाई ?
मलेसियामा, भारतमा कि चीनमा ?
धर्मको नाममा खोजु,
वा, दर्शनको नाममा खोजु ?
कि विदेशको खोकिलामा खोजु ?

कि, टुलु हेरीरहेको लुम्विनीमा,
उत्खनन् बाँकि भूगर्भमा,
कि शहरहरुमा ठडिएका प्रतिमामा,

Buddha the light of asia,
Buddha the light of the world
and Buddha power of peace,
for the all people, यहि होईन ।

समय आवस् सबै वुद्ध बनेको
समय आवस् सबै सुद्ध बनेको,
तब, शान्ति खोज्नु पर्नेछैन
अनि, वुद्ध भेटिनेछन् त्यो बेला,
प्रत्येक मान्छे वुद्ध भा–का हुुनेछन् ।