Wednesday, February 23, 2011

पोखरेली चेली दुर्गा परीयारलाई विजयी बनाऔं, नेपाल टेलिभिजनमा हरेक मंगलवार राति साढे ९ वजे प्रशारण्न हुँदै आएको “खोजि प्रतिभाको” विजेता बनाऔं, पउक स्पेस


पोखरा, ११ फागुन

“गीत गाउ दुर्गा हृदयदेखि गीत गाउ
...चेलीको प्रतिभा देश÷विदेशम पर्याउ ।”

यस्तो भावना अहिले पोखरामा जो कोहिले व्यक्त गरीरहेका छन्, यहि यो हो भने दुर्गालाई एसएमएस गरौं र विजेता बनाऔं ।

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको खोजि प्रतिभाको गायनतर्फ उत्कृष्ट ४ मा पर्न सफल पोखरेली चेली नवगायिका दुर्गा परीयारलाई अघिल्लो चरणमा पुर्याउन एसएमएस भोट गर्नको लागि सहयोग रकम प्राप्त हुन थालेको छ । आज रुपैया २५ हजार सहयोग उठेको छ ।

गायिका दुर्गासंग आज रेडियो अन्नपूर्ण पोखरामा भएको छलफलमा आफुलाई अगाडी वढाउन र खोजि प्रतिभाको अघिल्लो चरण हुँदै एक नम्वरमा पुर्याउन दुर्गाले पोखरेली सबैमा हार्दिक अपिल गरेकि छन् ।

छलफलमा सहभागि महेन्द्र गुरुङले ५ हजार, सोप नेपालबाट अध्यक्ष सरस्वती गुरुङले ४ हजार, दीपेद्र श्रेष्ठबाट १ हजार, पश्चिमाञ्ल होटल संघका निवर्तमान अध्यक्ष गोविन्द पहारीबाट ५ हजार, पोखरा बस व्यवसायी समितिका अध्यक्ष बम बहादुर गुरुङबाट ५ हजार र स्टार ट्रेड कन्सर्नबाट ५ हजार गरी रुपैया २५ हजार प्राप्त भएको छ ।

अब चौथोबाट तेश्रो हँुदै एक नम्वरसम्म पुग्नको लागि एसएमएस भोट नै चाहिने भएकोले आफुलाई भोटको लागि सहयोग गर्न आग्रह गर्दै दुर्गाले सम्पूर्ण पोखरेलीलाई अपिल गरेकि छन् ।

एसएमएस भोटको सहयोगले आफु विजेता बन्ने आशा व्यक्त गरेकि दुर्गाले आफुलाई जिताउन लागि परेका पोखरेलीलाई जितको खुसि बाँढ्न आत्तुर भएको बताईन ।

नेपाल टेलिभिजनबाट हरेक मंगलवार राति साढे ९ वजे प्रशारण हुने खोजि प्रतिभाको चौथो स्थानमा आउन सफल भएकि पोखरेली चेली दुर्गा परीयारलाई जिताउन आफ्नो मोवाईलको म्यासेज बक्समा गई प्एक् टाइप गरी क्उबअभ दिई ज्ञ लेखेर घद्दटद्ध मा एसएमएस पठाउन सक्नुहुनेछ ।

उत्कृष्ट ३ मा प्रवेशको लागि दुर्गासंगै ईलामका जगत रानामगर, झापाका उत्तमजंग लिम्वु र खोटाङका सुमन सरगम रहेका छन् । पाँचौ चरणमा वुटवलकि शाहिमा श्रेष्ठ बाहिरीएकि थिईन ।

पोखरेली प्रतिभा दुर्गा परियारलाई उपाधी जिताउन पोखरा उपमहानगरपालिकाका कार्यक्रम अधिकृत ओमराज पौडेलको अध्यक्षतामा ११ सदस्यीय दुर्गा परियार सहयोग समिति पनि गठन गरीसकिएको छ ।

Tuesday, February 22, 2011

प्रगतिशिल गजलकार÷गीतकार सुल्तानपुरी


प्रगतिशिल गजलकार÷गीतकार सुल्तानपुरी
आरजु विष्ट सल्यानी

हिन्दी तथा उर्दुका लोकप्रिय साहित्यकारहरु मध्य एक मजरुह सुल्तानपुरी पनि हुन । उनको क्रियासिलता १९४६ देखि २००० सम्म रहेको थियो । उनको जन्म सन १९१९ तथा मृत्यु २४ मे २००० मा मुम्वईमा भएको थियो ।

सुल्तानपुरी सिनेमा संगीतको क्षेत्रमा १९५० को दशकमा एउटा अपहेलित व्यक्तित्व थिए र त्यतिबेला १९६० ज्यादै महत्वपूर्ण थियो कि जतिबेला प्रगतिशिल लेखकहरुको आन्दोलन चलेको थियो । जस्ले २० औं शताव्दिको उर्दु साहित्यको लागि अधिक राम्रो र बलियो जग बनाएको मानिन्छ ।

उनको जीवनमा बितेका ६ दशक उनले चर्चित संगीत निर्देशकहरुसंग बिताएका थिए । ओपि नैयर, उशा खन्ना, लक्ष्मीकान्त प्यारेलाल, आरडि बर्मन, राजेश रोशन, आनन्द–मिलिन तथा जतिन–ललित, लेस्लि लेज र एआर रहमानसंगको उनको संष्ग स्मरणिय रहेको पाईन्छ ।

सुल्तानले वर्ष १९६५ मा उत्कृष्ट फिल्म फेयर पुरस्कार तर्फ गीतकारको रुपमा पुरस्कार पाएका थिए । गीत “दोस्ति” को “चाहुङ्गा मे तुझे” थियो । उनले उच्च सिनेमा पुरस्कार, दादासाहेब फाल्के लाईफटाईम अचिभमेन्ट परस्कार १९९३ मा पाएका थिए ।

सुल्तानको जीवन

मजरुह सुल्तानपुरी असरार उल हसन खानको नाममा उत्तर प्रदेशको सुल्तानपुरमा १९१९ मा जन्मेका हुन । त्यतिबेला उनका बुबा सहायक प्रहरी निरीक्षक थिए । वेलायती औपनिवेसिकतापछि भारतमा वाल्यकालदेखि नै अंग्रेजी शिक्षाको भार थोपरीएको र त्यसले जरो गाडिरहेको बेला उनका बुबाले चाहेर पनि मजरुहलाई अंग्रेजी शिक्षाको लागि आवस्यक रकम खर्च गर्न नसकेको पाईन्छ ।

तर पनि यसका अतिरीक्त सात वर्षिय “दर–ए–निजामी” अरबि र पर्सियन भाषमा स्नातक पूरा गरेका थिए । उनले एक ताका लखनउको तकमिल उत टीव कलेजमा गूनानी पद्धतीको औषधी विज्ञानको अध्ययन गरेका थिए । गीतकार सुल्तान कुनैबेला सुल्तानपुरमा स्थापित हाकिम थिए गजलका । गजल गजवको विधाको हो, यसको प्रत्येक्ष संसर्ग श्रोता, कुनै खालमा जम्मा भएका दर्शक र पाठकसंग हुने गर्दछ र यो परीवेश उनको समयमा पनि थियो । उनि लोकप्रिय सायर, गजलकार बनेका थिए । गजलको अधिक माग हुन थालेपनि मजरुहले आफ्नो मेडिसिन लाईनलाई छोड्न परेको थियो भने गम्भिर भएर साहित्यक बाटोलाइ अंगाल्नु परेको पाईन्छ । उतिबेला मजरुह उर्दुका सिद्धहस्त साहित्यकारको रुपमा स्थापित हुन पुगेका थिए ।

फिल्मी जीवन

१९४५ मा मजरुहले बोम्बे, हालको मुम्बई टेकेका थिए भने सब्बु सिद्धिकि ईन्स्टिच्यूटमा घुसेका थिए । जहाँ श्रोता, दर्शकले गजल र साहित्यिक रचनाको लागि उनलाई खुबै सत्कार गरेपछि मजरुह प्रफुल्ल भएका थिए । ति मध्यमा मजरुहबाट एक श्रोता फिल्म उत्पादक एआर कारदर वढि प्रधावित भएका थिए । उनले जिगर मोरादवादीलाई सुल्तानसंग भेट गर्न र सहयोग गर्न लगाएका थिए । तर सुल्तानले फिल्म लेखनलाई अस्विकार गरेको पाईन्छ । किनभने उनले यो क्षेत्रलाई लेखनको उच्च प्राथमिकतामा राख्न चाहेनन् । तर जिगर मुरादावादीले उनलाई निकै अनुनय गरे, यसबाट आम्दानी पनि राम्रो हुने बताए र मजरुहलाई सहयोग गर्न र फिल्मी क्षेत्रमा सहयोग गर्ने बताए ।

कारदारले सुल्तानलाई संगीतकार नौसाडसंग भेट गराए, जस्ले जवान लेखकको लेखन स्वाद पनि लिए । उनले सुल्तानलाई एउटा धून दिए र उनलाई दिईएको मिटरमा मिल्ने एउटा गीत लेख्न लगाए । अनि मजरुहले एउटा गीत “जब उनसे गेसु बिखरआई, वादल आए झुम के” लेखेर नौसादलाई दिए । नौसादले उनको गीतलाई अधिक मन पराए र उनलाई फिल्म “शाह जाँ” (१९४६) मा गीतकारको रपमा सम्झौता गराए । फिल्मका गीतहरु अत्याधिक लोकप्रिय भए र के.एल सेगलले “जव दील हि टुट गए” को लागि आग्रह गरे तर ठूलो मात्राको लाईन बनाईएकोले जवरजस्ति उनले तयसलाइ पूरा गरेनन् । उतिबेलाको बोम्बेको सांगितिक मौसम सबैको लागि उल्लासको थिएन, कैयनको लागि नैरास्यताको शहर पनि थियो । जस्को कारण मजरुहलाई शहर छोड्नु पर्यो र पुनः फर्केर आफ्नै गाउँ उत्तरको सुल्तानपुरमा आउनु पर्यो ।

“शाह जाँ” एस फाजिलको मेदन्दी, मेहबुबको अन्दाज १९४९ र शाहिद लतिफको आरजु लाई पछ्याईएका थिए । फेरी मजरुहलाई फिल्मी क्षेत्रमा एक शसक्त गीतकारको रुपमा स्थापित गरायो । तर उनको प्रगतिशिल बिचारधाराले उनलाई समस्यामा पारेको थियो । सरकारले उनको लेखनबाट रुष्ट थियो र १९४९ मा उनका केहि समकक्षिसंगै जेलमा पुर्यायो । मजरुहले अपिल गरेपनि कामयावी भएन र उनि दुई वर्ष जेल बसे । उनको जेल जीवनमा जेठी छोरीको जन्म भएको थियो । आर्थिक अवस्था नाजुक थियो । यस्तै परीवेशमा राज कपुरले “एक दिन बिक जायगा मट्टिके मोल” को लागि मजरुहलाई १ हजार रुपिया दिएका थिए ।

मजरुह आफ्नो बैचारीक बाटोबाट बिचलित भएनन्, बरु सहयोग पाए जव उनको दोश्रो छोरीले उर्दुका समाजवादी नेता जुई अन्सारीका छोरासंग विवाह गरीन । मजरुह र जुई अन्सारी उतिबेलाको सोभियत संघ तथा चाईनाको प्रगतिपथ र बिचारबाट प्रधावित थिए र लेखनमा पनि त्यो स्पष्ट पाईन्थ्यो । १९९० मा छिमेकि खातिब राफातुल्लाहले बोम्बेको बर्हिगमनपछि लामो समयपछि भेटेका थिए र फेरी नयाँ गजल लेख्न थालेको पाएका थिए यस्तै शेरकमः

“आए मुझे ए वला, उनको भि जरा, दो चार छपेडे, हल्के से
कुछ लोग अभितक साहि पे तुफानका नजराह कर ते हे”

अवार्ड
मजरुह फिल्म क्षेत्रमा १९५० मा ज्यादै लोकप्रिय बनेका थिए । फैज अहमद फैज, मजरुह सबैले पुकार गर्ने, चिन्ने, सम्मान गर्ने गजलकार थिए । मजरुहले उत्कृष्ट फिल्म फेयर अवार्ड गीत “चाहुङ्गा मे तुझे साम सवेरे” फिल्म दोस्तिको लागि र १९९३ मा प्रतिष्ठित दादा साहेव फाल्के पुरस्कार प्राप्त गरे । मजरुह नै प्रतिष्ठित पहिलो गीतकार हुन जस्ले दादा साहेव फाल्के पुरस्कार जितेका थिए ।

नासिर हुसेन संगको संयोजन

मजरुह सुल्तानपुरी र नासिर हुसेन पहिलो पटक संयुक्त रुपमा फिल्ममा पेईङ गेष्ट को रुपमा पनि देखा परेका थिए । केहि समयपछि नासिर निर्देशक तथा उत्पादकको रुपमा देखा परे । दुवैको संयुक्त संयोजनमा थुप्रै फिल्म बने र खुबै चर्चा पनि पाए ।

मजरुहले गीतको लागि काम गरेका केहि चर्चित फिल्महरुः

1. Phir Wohi Dil Laya Hoon
2. Teesri Manzil
3. Baharon Ke Sapne
4. Pyar Ka Mausam
5. Caravan
6. Yaadon Ki Baraat
7. Hum Kisi Se Kum Nahin
8. Zamane Ko Dikhana Hai
9. Qayamat Se Qayamat Tak
10. Jo Jeeta Wohi Sikander
11. Akele Hum Akele Tum लगाएतका रहेका छन् ।

Monday, February 21, 2011

-:“साहित्य संसार”:-: पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाक...

-:“साहित्य संसार”:-: पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाक...: "पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाको चौथो चरणमा प्रवेश, आरजु /पोखरा, ८ फागुन पोखरेली चेली नवगायिका दुर्गा परीयार नेपाल टेल..."

Sunday, February 20, 2011

मेरो संसार-(MY WORLD): पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाक...

मेरो संसार-(MY WORLD): पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाक...: "पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाको चौथो चरणमा प्रवेश, आरजु /पोखरा, ८ फागुन पोखरेली चेली नवगायिका दुर्गा परीयार नेपाल टे..."

पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाको चौथो चरणमा प्रवेश, अगाडी वढाउन र विजेता बनाउन एसएमएस भोटको खाँचो .....


पोखरेली चेली दुर्गा परीयार गायन तर्फ खोजि प्रतिभाको चौथो चरणमा प्रवेश,
आरजु /पोखरा, ८

फागुन पोखरेली चेली नवगायिका दुर्गा परीयार नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको खोजि प्रतिभाको गायनतर्फ उत्कृष्ट ४ मा पर्न सफल भएकि छन् । गायिका दुर्गालाई अगाडी... वढाउन र खोजि प्रतिभाको अघिल्ला चरण हुँदै एक नम्वरमा पुर्याउन दुर्गा पोखरेली सबैमा हार्दिक अपिल गरेकि छन् ।

आज आफु पाँचौ बाट चौथो चरणमा प्रवेश गरेको जानकारी रेडियो अन्नपूर्ण लाई दिदैं सम्पूर्ण पोखरेलीको एसएमएस भोटको सहयोगले आफु विजेता बन्ने आशा व्यक्त गरीन । खोजि प्रतिभाको प्रतिष्पर्धामा अब चार प्रतिष्पर्धि बाँकि रहेका छन् । आज वुटवलकि गायिका शाहिमा श्रेष्ठ बाहिरीएकि छन् ।

दुर्गासिंगै प्रतिष्पर्धामा झापाका उत्तमजंग लिम्वु, ईलामका जगत रानामगर, खोटाङमा सुमन सरगम रहेका छन् । कार्यक्रम मंगलवार राति साढे ९ वजे नेपाल टेलिभिजनबाट प्रशारण हुने छ । भोटिङ लाई खुल्ला छ दुर्गा भोट गर्नुहोला । आफ्नो मोवाईलको म्यासेज बक्समा गई KPS टाइप गरी Space दिई 1 लेखेर 3264 मा एसएमएस पठाउन सक्नुहुनेछ ।

पोखरेली गायन प्रतिभा दुर्गा परियारलाई उपाधी जिताउन पोखरा उपमहानगरपालिकाका कार्यक्रम अधिकृत ओमराज पौडेलको अध्यक्षतामा ११ सदस्यीय दुर्गा परियार सहयोग समिति पनि गठन गरीसकिएको छ । समितिको सदस्य सचिवमा पत्रकार महासंघ कास्कीका सचिव तथा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर दीपेन्द्र श्रेष्ठ, सहसचिवमा पृथ्वीनारायण क्याम्पसका स्ववियू सचिव मनकुमार श्रेष्ठ र कोषाध्यक्षमा मून्ना गुरुङ रहनु भएको छ ।

सदस्यहरुमा पोखरा उपमहानगरपालिकाका पूर्व नगर प्रमुख कृष्ण थापा, पोखरा नगरपालिका बोर्ड संयन्त्र सदस्यहरु ज्ञानबहादुर कोईराला, नारायणप्रसाद शर्मा, दुर्गा न्यौपाने, पोखरा पर्यटन परिषदका अध्यक्ष टीकाराम सापकोटा, थ्री सिष्टरका संस्थापक अध्यक्ष लक्की कार्की लगायत रहनु भएको छ । दुर्गा परियारलाई भोट गर्न तपाईं आफ्नो मोवाईलको म्यासेज बक्समा गई KPS टाइप गरी Space दिई 1 लेखेर 3264 मा एसएमएस पठाउन सक्नुहुनेछ ।

"ghazal" is love, love and love, where ever love, there is "ghazal" .



मिडियामा “गजल” ले अझैं स्थान पाएन....
आरजु विष्ट सल्यानी






हिजो जस्तो थिए भोलि पनि म उस्तै हुन्छु
फरक यत्ति हो कतै तिमी म कतैकतै हुन्छु ।

महलमा फूल्नु, नालिमा फूल्नु केहि छ भिन्दै
जस्तो सोचे त्यहि हुँ जे दृष्टिमा त्यस्तै हुन्छु ।

यताको बाटो उताको चौबाटो सिमाना अर्कै
याद आए सामुन्ने हेर्नु नि पहिले जस्तै हुन्छु ।

बिचार फरक भएनि माया माया त उहि हो
यो बिना जिउँला कसोरी निरै भुतुक्कै हुन्छु ।

गजलको मर्म र यसको बिरासत अपार भएपनि आधुनिक तथा उत्तर आधुनिक संगीतलाई बाहेक मिडियाले अझैं पनि गजलको प्रशारण, चर्चा र संरक्षण् प्रवर्धनमा कमै चासो दिईरहेका छन् ।

नेपालको त कुरै छोडौं, झण्डै १ सय वर्ष भईसक्यो गजल नेपालीले नै गाएको तर कल्लाई फुर्सद छ र ? यस्को चियोचर्चो गर्नमा । लेख्नेहरु लेखेको लेख्यै छन्, कोहि समूह समूहका गुनगान गाउमै मस्त छन् अनि स्वराङ्कणमा भएको सुस्तता र प्रवर्धनमा नपुगेको दिमागि निदेशन, दूरदृष्टिको कारण नेपालमा मात्रै होईन भारत तथा पाकिस्तान जस्तो गजलको भण्डार भएको ठाउँमा पनि मिडियामा गजलको चर्चा ओझेलमा नै परेको छ ।

पाकिस्तानी गजलका प्रेमी आशिफ मेहदी भन्छन् ःमिडियाहरुले अहिले केवल युवाहरुको रुचि र उनिहरुको रोजाईको कुरा मात्रै गरीरहेका छन् ।” उनिहरु युवा पिढिलाई गजल सुनाउने, बुझाउने र बजाउने कामबाट निकै टाढा रहेका छन् । हर तवरको संगीत गुञ्जिएको वलिवुडमा पनि गहिरो र गहन रुपमा गजलको हल्लाखल्ला र सल्लाह हुन सकेको छैन ।





माफ गर्नुहोला भनेजति सेवा गर्न सकिन
औधि प्रयास गरेकै साथी दिल भर्न सकिन ।

मजदुर हुँ धेरैको सेवक श्रमको मोल केहो
एक्लै थिए, एक्लै नै छु म कतै सर्न सकिन ।

दिनहुँको मेला श्रमको पूजा अरु थाहा छैन
त्यहि मेलामा रहें शहरमा म झर्न सकिन ।

जंघार खोलाको नभई तगारो प्रवृत्तिको हरे
कुन्ठै कुन्ठाको घैलामा अमृत भर्न सकिन ।

दुःखेको मन को कुरै नगरौं फुट्ला झैं भो
अरुको के कुरा आफ्नैको मन पर्न सकिन ।

मिडियाहरुले अचेल वढि उयउ mगकष्अ लाई मात्रै बढावा दिईरहेको पाईएको छ । यो ठिकै हो र हुनुपर्छ । तर यसले गर्दा मुख्य मूल शास्त्रिय, आधुनिक संगीत अनि गजल पर्दा पछाडी परेको छ र पारीएको भान भएको छ भन्ने कुरालाई पनि नकार्नु हुँदैन । युवालाई गजल के हो ? भनेर सुनाउन, बुझाउन नसक्नु पनि अहिले मिडियाको लागि दूर्भाग्य नै बनेको साँचो हो, त्यसैले उनिहरु विश्वमा वढिरहेको उयउ माहौललाई मात्रै पछ्याई रहेका छन् ।

युवा पिढिले गजललाई पनि उयउ mगकष्अ जत्तिकै सुन्न, चुन्न र बुझ्नको लागि श्रोत मिडियाले अधिक प्रवर्धनात्मक र यस्को रसलाई ध्वनि तरङ्ग मार्फत पस्किन सकेको र छाप्न सकेको खण्डमा युवा पुस्ता प्रौढ हुने बेलामा पछुताउने छैनन् र अघिल्लो पुस्तालाई धिक्कार्ने छैनन् ।

गजल गायनका उच्च व्यक्तित्व मेहदी हसनका छोरा आशिफलाई यस्तै चस्को परेको छ कि उयउ mगकष्अ लाई दिईएको स्थानको जत्तिकै भारत तथा पाकिस्तानमा गजल लाई पनि स्थान दिनुपर्ने जरुरी छ । जति चर्चा पपको भएको छ, बजाईएको छ, त्यतिकै मात्रामा चाहे शव्दमा होस्, चाहे संगीतमा होस् वा प्रस्तुतिमा होस् यस्को बारेमा युवाको सहभागिता गराउन सकियो भने युवा पिढि पनि पप को साथैसाथै गजलको माहौलमा तातिएर लाग्ने छन् ।
गजलका विश्लेषकहरुले एशियाली क्षेत्र गजलको लागि संभावित उर्बर क्षेत्रको रुपमा मानिएको बताउँछन् । एक अर्काको परम्परा र शास्त्रिय संगीतमा लिप्त भएका अधिक देशहरु संगीत जीवनको सामिप्यतामा रहेका पाईन्छ । आशिफ अहिले गजलको जरामा पुगेर गजलको जरा जराको कुरो गर्न चाहेको बताउँछन् । अबको जमाना पनि मिर्जा गालिव, फिराक गोरखपुरी, मेहदी हसन, गुलाम अलि, फरीदा खानुम तथा ईकवाल बानो लगाएतका हस्तिहरुको जस्तै अन्यको हुनुपर्छ ।

गजललाई पप संगीत वा अन्य गीतलाई रंगमञ्चमा दिईएको प्राथमिकता जस्तै भईदियो भने बाह्य रंगमञ्चमा पनि उत्तर आधुनिक संगीतका म्यूजिक ट्रयाकहरु बजे झैं गजलका ट्रयाक बज्नेछन् र उभो लाग्दो यात्राको पुनरावृत्ति हुने आशा वढेर जाने छ युवाको साथ साथ, आशा गरौं ।

हुम्ला,
जुम्लामा
नून छैन,

हुम्ला जुम्ला कठैबरी खाने नून छैन
तिमी भन्छौ शहर वजारमा सुन छैन ।

यहि त फरक छ मेरो देशमा हजुर
यहाँ नशा नशामा आमाको खुन छैन ।

गोरेटो डोरेटो पहुँचसम्म कहाँ छ र ?
यात्रा आकाश, थल, जलको कवुल छैन ।

त्यहि त भिन्न छ मेरो बाटोमा निरै
झुप्रा छाप्राहरुमा मजबुत चुकुल छैन ।

दीयालो नै सहारा ढिकि र जाँतोलाई
मसिन कुन चरीको नाम अनुकुल छैन ।

उहि नेपाली कोहि गाउँ र शहर भा’को
कोहि महल आमालाई एक झुल छैन ।

संसारमा एउटै भाषामा बुझिन्छ, त्यो गजल मा नै हो । "ghazal" is love, love and love, where ever love, there is "ghazal" .

my photography-evening pics from pokhara











some pics from pokhara, Neplal.

Saturday, February 19, 2011

“दील हुम हुम करे” प्रगतिशिल : गुल्जार......



आरजु विष्ट सल्यानी

गुल्जार ः अर्थात सम्पूरण सिंह गुल्जार, एक अर्का महान साहित्यकारको चर्चा गर्न मन लाग्यो । हुन त हाम्रो जस्तो मुलुकमा साहित्यकार, गीतकार, गजलकार को हेडलाईन कमै हुने गर्छ, जस्को बारेमा म लेख्दै छु उनि भने हेडलाईन मात्रै होईन युगौंसम्म लेखिएर बसेका छन् ।

एक प्रख्यात वलिवुड तथा हिन्दि सिनेमाका गीतकार हुन सम्पूरण सिंह अर्थात “गुल्जार” । गुल्जार अगष्ट १८, १९३६ मा हालको पाकिस्तानमा पर्ने दीनामा जन्मेका हुन । पेशाले कवि, साहित्यकार अनि वलिवुड फिल्मका गीतकार हुन । उनकि श्रीमती राखि एक नायिका हुन भने छोरी मेघ्ना गुल्जार निर्देशक हुन । गुल्जारले आफ्नो रचनाको कालखण्डको लागि उपयुक्त स्थान दिल्लीलाई हरहिसावले रा्ेजेका थिए जो एक प्रगतिशिल लेखकहरुको संस्था “प्रोग्रेसिभ राईटर्स एशोसिएशन (पिडव्ल्यूए) मा आवद्ध भएका थिए ।

कवि, गीतकार, लुेखक, निर्देशक ःगुल्जार एक तिक्ष्ण तथा संवेदनशिल व्यक्तिको रुपमा मानिन्छन् । उनको फिल्म क्षेत्रको करीयर सानो डोरेटोबाट शुरु भएको थियो । उनले सहायकको रुपमा विमल रायसंग काम गरेका थिए । राय, ऋषिकेश मुखर्जि तथा हेमन्त कुमारले समेत गुल्जारको क्षमताको तारीफ गरेका पाईन्छ ।

गुल्जार गीतकारको रुपमा पहिलो आईसब्रेक उनले लेखेको गीत “मोरा गोरा अंग लाई ले” थियो, जो विमल रायको फिल्म १९६३ को “बन्दिनी” को लागि थियो । उनले त्यसपछि फिल्म डिरेक्टरहरुको लागि लेख्न थाले, जस्तो ऋषिकेश मुखर्जि र अजित सेनसंग काम गरे । केहि फिल्म त गुल्जार स्वयंले लेखे, आनन्द १९७०, गुड्डि १९७१, बावार्चि १९७२ र नमक हराम १९७३ तथा ऋशिदा र दो दुनि चार १९६८, खामोशि १९६९ र सफर १९७० अजित सेनको लागि लेखे । उनका सबै लेखनको लामो समयसम्मको चर्चा हुन सकेन । आफैं पनि सन्तुष्ट हुन सकेनन् । त्यसपछि फिल्म उद्योगमा उनले स्क्रिप्ट लेख्न थाले र फिल्मका कथा वस्तु तयार पार्न लागे । त्यसपचि गुल्जारले ठूलो फड्को मारेको पाईन्छ कि गुल्जार एक फिल्म मेकरको रुपमा “मेरे अपने” १९१७ मा लिएर आए ।

गुल्जार एक फिल्म मेकरको रुपमा.....

गुल्जारले १९७२ परीचय र कोशिस बनाए जस्ले आर्थिक रुपमा पनि फाईदा दिए । यो फाईदामा संजिव कुमार र जया बहादुरी पनि थिए । यि फिल्मको फाईदा संजिव कुमार अनि गुल्जारलाई पनि भयो । संजिव कुमार संगको पार्टनरसिपमा आँधि १९७५, मासुम १९७५, अंगुर १९८१ र नमकिन १९८२ थिए । संजिव कुमारले प्रस्तुत गरेको आँधि थियो, जस्मा सुचित्रा सेनको भूमिकाको विषयलाई लिएर विवाद पनि भएको थियो । उनको भूमिका इन्दिारा गान्धिमा आधारति थियो जो केहि समय प्रतिवन्धमा पर्यो ।

१९८० को दशक र १९९० मा घाटाको काम भएको मशशुस गरे । ईजाजत १९८७, लेकिन १९९० र माचिस १९९६ को थियो । गुल्जारको अन्तिम फिल्म हु तु तु १९९९ थियो । तर पनि मिर्जा गालिव को जिवनीमा आधारीत १९८८ एक टिभि सिरीयल बनाए र केहि समय टिभि सिरीयलमा निरन्तरता दिए ।

गुल्जारले फिल्ममा चर्का चर्चित वार्तालाप र गीत लेखिरहे । मासुम १९८२ र रुदाली १९९२, थोडि सि वेवफाई १९८०, बसेरा १९८१, सद्मा १९८३, गुलामी १९८५, माया मेमसाहेव १९९२, दील से १९९८ र सत्या १९९८ रहेका छन् ।

तीन पटक राष्ट्रिय पुरस्कार

गुल्जारको कार्य कुशलताको लागि तीन पटक राष्ट्रिय पुरस्कार दिईएको थियो । वेष्ट स्क्रिन प्ले कोशिसको लागि, वेष्ट गीतकार ईजाजतको लागि दिईएको थियो । उनले फिल्म फेयर अवार्ड १४ पटक पाएका थिए भने ७ पटक उत्कृष्ट गीतकारको पुरस्कार पाए थिए । साथै वेष्ट डिरेक्टरेको रुपमा मासुमको लागि पाएका थिए ।

गुल्जारका गीतहरुः

गीत फिल्म

साथीया साथीया साथीया
हमदम साथीया
दील हुम हुम करे रुदाली
पानी पानी रे माचिस
ओह रे कान्छि अशोका
जीया जले दील से
आज माहि फिजा
सिलि हवा छु गई लिवास
इक हसिं निगाह माया मेमसाव

पुरस्कारः

फिल्म फेयर १९७६ वेष्ट डिरेक्टर मौसम
फिल्म फेयर १९७७ वेष्ट लिरीसिष्ट दो दीवाने शहर मे –गराेंदा,
,, ,, १९७९ वेष्ट लिरीसिस्ट आनेवाला पल जानेवाला हे –गोलमाल
१९८० ,, ,, हजार राँहे मुड के देखि–थोडि सि वेवफाई
,, ,, १९८३ ,, ,, तुझ्से नाराज नहि जिन्दगी –मासुम
,, ,, १९८८ ,, ,, मेरा कुछ सामाँ –ईजाजत
,, ,, १९९१ ,, ,, यारा सिलि सिलि विरह कि रात –लेकिन
,, ,, १९९८ ,, ,, चल छैंया छैंया छैंया –दीलसे
,, ,, १९७१ वेष्ट डाईलग आनन्द
,, ,, १०७३ ,, ,, नमक हराम
,, ,, १९९६ ,, ,, माचिस
,, ,, १९९६ वेष्ट स्टोरी राईटर माचिस
,, ,, १९७५ वेष्ट फिचर फिल्म आँधी (क्रिटिक्स)
,, ,, १९९० वेष्ट डकुमेन्ट्री अमजाद अलि खान

पोखराबाट फागुन ५ गते देखिएको कुमारी माछापुच्छ्रे हिमालको स्वरुप....






पोखराबाट फागुन ५ गते देखिएको कुमारी माछापुच्छ्रे हिमालको स्वरुप, यस्तै हिउँले सेताम्य भएको माछापुच्छ्रे्र सधैं हेरीरहने अपेक्षा छ । पर्यटन वर्ष २०११ लाई सफल पारौं ।....आरजु....

अति पिडा भो मलाई........


अति पिडा भो मलाई........
फागुन, ७ पोखरा

मलाई गीत संगीतमा लाग्दाको यो १५ वर्षको कालखण्डमा अहिले सम्मका दुई घटना सबैभन्दा दर्दनाक र पिडादायि भएका । केहि वर्ष अगाडी पोखराका वरीष्ठ गायक सोम बज्राचार्यले पोखरामा आत्महत्या गर्दा र यहि २०६७ फागुन ५ गते राति उपत्यकाको ललितपुरमा गायिका योगिता मोक्तनले आत्महत्या गरेको खबरले म निकै दुःखी भएको छु ।

सोम दाईले मैले लेखेको अनि संगीत गरेको गति तिमीलाई सम्झि रोई रहें चेलि बिरानो देशैमा गाउनु भएको थियो । मैले आफैंले गाउन लाग्दा गाउन दिनु भएको थिएन, बरु तिमी लेख्ने मान्छे गीत लेखेर बस भन्नु भएको थियो । तर उहाँले आत्महत्या गरेर जानु भयो ।

यस्तै मैले ९ वर्ष अगाडी लेखेको, विनोद वानियाले संगीत गरेको पोखराको सहारा क्लवले हरेक वर्ष संचालन गर्दै आएको आहा गोल्डकप फुटवल प्रतियोगिताको स्वागत गीत स्वागतम् स्वागतम् सहाराको स्वागतम्, आहा गोल्डकपमा आहा गोल्डकपमा यो गीत यहि पौष ५ गते गायक विनोद वानियासंगै योगिता मोक्तानको स्वरमा मैले काठमाडौंको नक्सालमा रहेको भर्जिन भ्वाईस स्टूडियोमा पुनः रेकर्ड गराएको थिए । तर गीत रेकर्ड भएको दुई महिनामा गायिका मोक्तानले ललितपुर आम्हत्या गरेको खबर संचार माध्यमबाट आउँदा अति पिडा भो ।

म निकै दुुःखी भएको छु, गीत, संगीतमा लाग्दा मेरो गीत गायकि गायिका योगिता मोक्तान तथा केहि वर्ष अगाडी मेरै लेखन÷संगीतमा सोम दाईले गीत गाउनु भएको तर संसार छोडेर गएकोमा । असह्य पिडा भएको छ मलाई........................