Thursday, April 7, 2011

नाम थरीथरी “सोमहरि, दिनेशहरी, “अधिर" र दिनेश अधिकारी......


नाम थरीथरी “सोमहरि, दिनेशहरी, “अधिर" र दिनेश अधिकारी......
आरजु विष्ट “सल्यानी


रचना गर्नलाई समयले छेक्दैन
रचना गर्र्भलाई समयले मेट्दैन ।

सृष्टिको नीति, नियम आँचलमा
सुदूरको संवेदना अनि भाकलमा,
स्वाभिमानले अनुहार फेर्दै फेर्र्दैन
रचना गर्र्भलाई समयले मेट्दैन ।


पलपलमा धारा प्रवाहमा लागेर
बारबार अघि सर्नु मानव भएर,
पूर्खाले दिएको जुक्तिले रेटिईदैन
रचना गर्र्भलाई समयले मेट्दैन ।
.....................................आरजु


रचनाको समय, अवधि र सिमा हुँदैन । रचनाको गर्भाधान, शव्दहरुको शिविर र अक्षरहरुको वर्षा हरबखत खडा भईरहेको हुन्छ । जबसम्म अक्षरहरुको शिविरमा गर्भादान पछिको प्रशववेदना हुँदैन र आकार ग्रहण गर्दैन, तबसम्म सिर्जनाका सन्तानहरुको पदार्पण धर्तिमा हुदैन । आज संसार विविध नूतन प्रकारका सिर्जनाका शिविरहरुबाट चलिरहेको छ । ३० को दशकपछिका केहि वर्षसम्म “अधिर” को नामबाट साहित्यिक फाँटमा कलम जोेत्न थालेपनि “अधिर” लाई चार स्वरुपमा हामीले पाउँछौं । पहिले सोमहरिको नामले चिनौं किनकी सोमहरि अधिकारी दिनेश अधिकारीको न्वारनको नाम हो । र वास्तविक नाम दिनेशहरि अधिकारी हो र दिनेश अधिकारी साहित्यिक क्षेत्रमा चलेको नाम हो । “अधिर” आरम्भकालको उपनाम हो । एउटा छोटो कथा “अधिर” उपनाममा कथा “आर्शिवाद” २०३३ साल वैशाख २९ गते मातृभूमि साप्ताहिकमा छापिएको थियो । साढे तिन दशक नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा आफ्नो कलमलाइ चलाई रहेका साहित्यकार, वरीष्ठ गतिकार दिनेश अधिकारी एक सिद्धहस्त श्रष्टा हुन । समकालिन साहित्य, कविता तथा गीत लेखनको क्षेत्रमा गोपाल गायक नायकहरुको जामाना, गायिका देवीहरुको जामाना वा हालको तन्नेरी पुस्तासम्म सबैका प्रिय गीतकार दिनेश अधिकारीलाई केहि वढि चिन्ने चेष्टा गरौं । उनका गीतमा मजदुर, उनका गीतमा खेताला, उनका सिर्जनामा माया, उनका सिर्जनामा माटोको सुवासना, मानविय संवेदनाको रह, दह र परीवर्तनका अक्षरहरुका प्रसस्त ज्वारभाटा भएको आभाष हुन्छ । स्व.माता शारदादेवी तथा बुबा नन्दनहरि अधिकारीले सोमहरिलाई विसं २०१६ साल मंसिर २२ काठमाडौंको वानेश्वर, बत्तिसपुतलीमा जन्म दिनुभएको हो । अधिकारी परीवारका श्रष्टा दिनेश काँहिला सन्तान हुन । दिनेश अधिकारीको नविन गीतहरुको संगालो “रचना” यो पंक्तिकारले पाएको २०६७ चैत्र महिनामा प्रशासित भएको ११ औं कृति हो । विन्ध्यवासिनी म्यूजिकले वजारमा ल्याएको “रचना” एल्वमलाई युवा र पुरानो पुस्ताको संगमको रुपमा लिईनुपर्छ । पुरानो पुस्ताको लागि गीत लेखि सकेका दिनेश अधिकारीको त्यो संगत मध्य पुस्ता तथा अहिलेको पुस्ताका प्रतिभावान गायक÷गायिका तथा संगीतकारहरुको सहकार्यमा आएर आत्मसाथ गर्नु, युवा र पुरानो पुस्ताको संगमको झझल्को दिन सक्नु सर्जकको राम्रो संयोजनकारी भूमिका मान्नुपर्छ ।

अधिकारीको नयाँ एल्वम “रचना” –२०६७ विवरण :
१. जिन्दगी यो यस्तै रैछ, सत्य÷स्वरुप को संगीत र स्वर स्वरुपराज आचार्य को रहेको छ २. वैंश जस्तो वादल हजुर, सुरेश अधिकारी को संगीत र स्वर दुर्गा खरेल को रहेको छ । ३. तिमीलाई यस्तो म माया, हरि लम्सालको संगीत र स्वर सन्तोष लामा को रहेको छ । ४. आफ्नै दुनो सोझ्याउछन्, बिबि अनुरागिको संगीत र स्वर शिव परीयार को रहेको छ । ५. म एक्लो छु एक्लो, राजु सिंह को संगीत र स्वर हेमन्त रानाको स्वर रहेको छ । ६. हजुरलाई छातिभित्र, सचिन सिंह को संगीत, अञ्जु पन्त को स्वर रहेको छ । ७. मलाई त घाउ छोप्ने, संगीत किरण कँडेल को, स्वर शवनम गुरुङको रहेको छ । ८. हाम्रो भेट हाम्रो माया, संगीत कालिप्रसाद वास्कोटा, स्वर सनुप पौडेलको रहेको छ । ९. जसोरी म बाँचे पनि, संगीत सुरेश कुमार को र स्वर सुरेश कुमारको रहेको छ । १०. पुगेन मलाई, संगीत उदय सोताङ को र स्वर श्रेया सोताङको रहेको छ ।

११ एल्वम, ५ सय गीत

वरीष्ठ गीतकार दिनेश अधिकारीको गीत लेखनको कार्यलाई खोतल्न खोज्दा २०३२ सालतिर फर्किनु पर्छ । त्यतिबेलाका दस्तावेजलाई नियाल्नुपर्छ । उनका गीत प्रकाशनको तिथि २०३२ सालबाटै हो । गीतलाई स्वर माधूर्यता दिन थालेको भने २०३९ सालबाट हो । हालसम्म अधिकारीका रेकर्ड भएका प्रशारमा आएका गीतहरुको संख्या झण्डै ५ सय पुगेको छ । अधिकारीका प्रकाशित गीति संग्रहहरु (एल्वम) २०६७ चैत्र मा प्र्रकाशनमा आएको “रचना” ११ औं कृतिको रुपमा आएको हो । यसअघि उनका “भावनाका मातहरु २०४७, सुखदुःख २०५०, बोलबोल पाखाहरु २०५४, बिरानो मन २०५५, परेलीका डिलमुनि २०५६, यात्रा २०५७, बहार २०५७, अनुभूति २०५७, लिपि २०५९ र “शव्द” एल्वम २०६३ मा प्रकाशित भईसकेका छन् ।

पुस्तक ःगीत÷कविता संग्रहहरु

उसो त अधिकारीका केहि पुस्तक प्रकाशित भईसकेका छन् । गीतसंग्रहरु ः अविराम यात्रा २०५८, आफ्नै मन ःआफ्नै आँगन २०५४, मन र मोडहरु २०६३ रहेका छन् । यस्तै कविता संग्रहहरु ः अन्तरका छिटाहरु २०३७, धर्तिको गीत २०४४, आदिम आवाज २०५४ रहेका छन् । यस्तै अतिरिक्त अभिलेख २०५६, सीमान्त सपना २०६७ मा प्रकाशित भएका पाईन्छ भने काव्य ःइन्द्रजात्रा २०५१, वाल गीति नाटक ःजंगलको कथाः जंगलको व्यथा २०५८, अनुवाद कविता संग्रह Model of life 2065/2009 रहेका छन् ।

दिनेश अधिकारीका केहि चर्चित गीतहरु

ः ड्ड यो सम्झिने मन छ म बिर्सू कसोरी –नारायण गोपालड्ड तिमी जुन रहरले ममा फुल्न आयौ–नारायण गोपालड्ड सोचे जस्तो हुन्न जीवन –तारादेवीड्ड जीवन भनुँ त घात छ –भक्तराज आचार्य ड्ड तिमी यसै लजायौ, म उसै धकाएँ –रविन शर्माड्ड बोल बोल पाखाहरु सुक्मित –गुरुङड्ड पहाडमा जाडो बढे पहाडले छेक्नुपर्छ –स्वरुपराज आचार्यड्ड कहिले छाँयासंग खसें –रामकृष्ण ढकालड्ड रक्सी बेचें आलु बेचें –शर्मिला बर्देवाड्ड पानी पानी भयो मेरो मन पनि –नलिना चित्रकार लगाएतका रहेका छन् । नेपाली साहित्यको उत्थानमा ३० को दशकदेखि निरन्तर रुपमा सेवा गर्दै आएकोमा अधिकारीको योगदानको उच्च मूल्यांकन गर्दै निजि तथा राज्यका विभिन्न अंगहरुबाट सम्मान÷पुरस्कार प्रदान गरीएको पाईन्छ । अधिकारीको “अतिरिक्त अभिलेख” कविता संग्रहको लागि नेपालको उच्च कोटिको पुरस्कार मदन पुरस्कार २०५६ सालमा प्रदान गरीएको थियो । अधिकारीले प्राप्त गरेका केहि पुरस्कार तथा सम्मानहरुमा ःड्ड रत्नश्री स्वर्णदपक, २०३८ड्ड व्यथित काव्य पुरस्कार, २०३९ड्ड प्रथम पुरस्कार, कविता महोत्सव, २०४०ड्ड सर्वश्रेष्ठ गीतकार, रेडियो नेपाल, २०४०ड्ड सर्वश्रेष्ठ गीतकार, रत्न रेकर्डिङ संस्थान, २०४०ड्ड युगकवि सिद्धिचरण पुरस्कार, २०४५ड्ड सर्वश्रेष्ठ गीतकार, दोश्रो राष्ट्रिय भिडियो चलचित्रमहोत्सव, २०४८ड्ड मोती पुरस्कार, २०४९ड्ड साझा पुरस्कार, २०५१ड्ड गंगालक्ष्मी पुरस्कार, २०५२ड्ड गद्धीआरोहण रजतमहोत्सव पदक, २०५३ड्ड प्रवल गोरखादक्षिणबाहु, २०५३ड्ड राष्ट्रिय युवा गौरव सम्मान, २०५३ड्ड सुप्रवल गोरखादक्षिणबाहु, २०५५ड्ड भुपालमानसिंह कार्की युवा पुरस्कार, २०५५ड्ड सर्वनाम सम्मान, २०५६ड्ड मदन पुरस्कार, २०५६ड्ड मानश्री पुरस्कार, २०५७ड्ड सिम्पल आर्ट्स सम्मान, २०५९ ड्ड छिन्नलता गीत पुरस्कार, २०५९ड्ड विख्यात त्रिशक्तिपट्ट तेश्रो, २०६० लगाएतका रहेका छन् । मूल रुपमा आफुलाई कविता र गीतमा समाहित गरेका गीतकार दिनेश अधिकारीमा नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी र मैथिली भाषामा बोल्ने तथा लेख्ने कला पाईन्छ ।

नेपाली चलचित्रमा गीत

अधिकारीले २०४६ मा प्रेम कथाको लागि चार गीत लेखेको पाईन्छ । ति गीत संगीतले माग्छ स्वर, लौन लौन के भो मलाई, सर्माएर पर नजाउ, “मंसंग पनि छ नौरंगी रुप” थिए । अधिकारीले २०४६ सालमा विजय पराजय, २०४६ मा झुमा, युगदेखि युगसम्म, चोट चलचित्रमा चर्चित गीत लेखेका थिए । यस्तै मायाको बन्धन २०४७, भाउजु २०४८, प्रतिशोध २०४९, नयाँ सडक २०४९, शिखर २०५०, सडक २०५०, अपराध २०५०, पृथ्वी २०५०, चेली २०५०, परिभाषा २०५०, प्रतिज्ञा २०५०, जीवन संघर्ष २०५०, दाइजो २०५१, आमाको माया २०५१, धर्म २०५१, दाजुभाइ २०५१, प्रतीक्षा २०५१, छोरो २०५१, जलन २०५१, सिमाना २०५२, छोरीवुहारी २०५२, देउराली २०५२, चुनौती २०५२, अवतार २०५३, शंकर २०५३, जूनतारा २०५३, राजकुमार २०५३, माइली २०५३, रणभूमि २०५४, चण्डाल २०५४, सुगन २०५४ को लागि गीत लेखेका छन् । यस्तै हतियार २०५४, गाउँले २०५४, देवदूत २०५५, फिलिम २०५५, दोधार २०५५, बदिनी २०५६, धर्मपुत्र २०५६, जीवनदान २०५६ र आर्मी चलचित्रको लागि २०५६ मा गीत लेखेको पाईएको छ । यस्तै आर्शीवाद २०५६, चाहन्छु म तिमीलाई नै २०५७, पिंजडा २०५७, जीवनसाथी २०५७, अनाथ २०५७, अञ्जुली २०५७, मेरो हजुर २०५७, आफ्नो घर आफ्नो मान्छे २०५८, ग्रहण २०५८, भन्नै सकिन २०५८, कहीं मिलन कहीं बिछोड २०५८, इन्द्रावती २०५८ तथा चलचित्र उपहार को लागि २०५८ सालमा गीत लेखेको पाईन्छ । यि उल्लेख भएका अधिकारीद्धारा नेपाली चलचित्रको लागि लेखिएका गीतहरु १२३ वटा रहेका छन् । गीत लेखनमा अधिकारीको विषय छनौटलाई हेर्दा गीतमा जीवनदृष्टि, मानवियपन, देशभक्ति, प्रेम, प्रकृति तथा इश्वरीय आस्था लगायतका भाव पाउन सकिन्छ । गीतमा भाषाको प्रयोग सरल तथा शसक्त हुनु, गीतका पंक्तिहरु लयात्मक र भाषामा परीपक्वता पाईन्छ । शव्दहरुलाई दृश्यमा उतार्न सकिने अनि दृश्यलाई शव्दमा उतारुँ उतारुँ लाग्ने अधिकारीका शव्द वनोटका बग्रेल्ति शिविर पाईन्छन् । रचनालाई विम्वात्मक बनाउने कला लेखनकर्तामा हुने अर्को गुण हो । अधिकारीका रचनामा पनि यो गुण प्रशस्त पाईनु स्वाभाविकै हो । किनकी साहित्यको सुवासना अलंकार, श्रृंगारीपन र बहुअर्थ विम्वहरुबाटै घोषणा गरीएको हुन्छ, यो अधिकारीका रचनामा पाईन्छ । विम्वहरुमा पञ्चतत्व अनि प्रकृति, मानविय व्यवहार र आनिबानिहरु प्रचूर मात्रामा रहेका छन् । लेखकलाई देश पहिले दुख्छ, सर्जकलाई देश पहिले दुःखेको पलिहे आउँछ र पछि दुःखेको आभाष जम्मैलाई हुन्छ, त्यो दुखाई कहिले राजनीतिको अमिल्दो नारा बनेको, कहिले, मतमतान्तरको जुलुस बनेको र कहिले बर्गको अन्तरंग बहसको पाटो बनेपनि समग्र सोंचको एउटा दुखाई नहुँदा गीतकारले भनेका छन् ः “देशको मुहार सकेसम्म सपार्नेतिर लागौं, नसक्ने भए हे ! बाबा बिगार्नेतिर पनि नलागौं ।” यस्तो सोचौं कि.......

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ ,
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ,

भञ्ज्याङको भोको पेट मधेशले भर्नुपर्छ ।

aarju2008@gmail.com