Tuesday, February 22, 2011

प्रगतिशिल गजलकार÷गीतकार सुल्तानपुरी


प्रगतिशिल गजलकार÷गीतकार सुल्तानपुरी
आरजु विष्ट सल्यानी

हिन्दी तथा उर्दुका लोकप्रिय साहित्यकारहरु मध्य एक मजरुह सुल्तानपुरी पनि हुन । उनको क्रियासिलता १९४६ देखि २००० सम्म रहेको थियो । उनको जन्म सन १९१९ तथा मृत्यु २४ मे २००० मा मुम्वईमा भएको थियो ।

सुल्तानपुरी सिनेमा संगीतको क्षेत्रमा १९५० को दशकमा एउटा अपहेलित व्यक्तित्व थिए र त्यतिबेला १९६० ज्यादै महत्वपूर्ण थियो कि जतिबेला प्रगतिशिल लेखकहरुको आन्दोलन चलेको थियो । जस्ले २० औं शताव्दिको उर्दु साहित्यको लागि अधिक राम्रो र बलियो जग बनाएको मानिन्छ ।

उनको जीवनमा बितेका ६ दशक उनले चर्चित संगीत निर्देशकहरुसंग बिताएका थिए । ओपि नैयर, उशा खन्ना, लक्ष्मीकान्त प्यारेलाल, आरडि बर्मन, राजेश रोशन, आनन्द–मिलिन तथा जतिन–ललित, लेस्लि लेज र एआर रहमानसंगको उनको संष्ग स्मरणिय रहेको पाईन्छ ।

सुल्तानले वर्ष १९६५ मा उत्कृष्ट फिल्म फेयर पुरस्कार तर्फ गीतकारको रुपमा पुरस्कार पाएका थिए । गीत “दोस्ति” को “चाहुङ्गा मे तुझे” थियो । उनले उच्च सिनेमा पुरस्कार, दादासाहेब फाल्के लाईफटाईम अचिभमेन्ट परस्कार १९९३ मा पाएका थिए ।

सुल्तानको जीवन

मजरुह सुल्तानपुरी असरार उल हसन खानको नाममा उत्तर प्रदेशको सुल्तानपुरमा १९१९ मा जन्मेका हुन । त्यतिबेला उनका बुबा सहायक प्रहरी निरीक्षक थिए । वेलायती औपनिवेसिकतापछि भारतमा वाल्यकालदेखि नै अंग्रेजी शिक्षाको भार थोपरीएको र त्यसले जरो गाडिरहेको बेला उनका बुबाले चाहेर पनि मजरुहलाई अंग्रेजी शिक्षाको लागि आवस्यक रकम खर्च गर्न नसकेको पाईन्छ ।

तर पनि यसका अतिरीक्त सात वर्षिय “दर–ए–निजामी” अरबि र पर्सियन भाषमा स्नातक पूरा गरेका थिए । उनले एक ताका लखनउको तकमिल उत टीव कलेजमा गूनानी पद्धतीको औषधी विज्ञानको अध्ययन गरेका थिए । गीतकार सुल्तान कुनैबेला सुल्तानपुरमा स्थापित हाकिम थिए गजलका । गजल गजवको विधाको हो, यसको प्रत्येक्ष संसर्ग श्रोता, कुनै खालमा जम्मा भएका दर्शक र पाठकसंग हुने गर्दछ र यो परीवेश उनको समयमा पनि थियो । उनि लोकप्रिय सायर, गजलकार बनेका थिए । गजलको अधिक माग हुन थालेपनि मजरुहले आफ्नो मेडिसिन लाईनलाई छोड्न परेको थियो भने गम्भिर भएर साहित्यक बाटोलाइ अंगाल्नु परेको पाईन्छ । उतिबेला मजरुह उर्दुका सिद्धहस्त साहित्यकारको रुपमा स्थापित हुन पुगेका थिए ।

फिल्मी जीवन

१९४५ मा मजरुहले बोम्बे, हालको मुम्बई टेकेका थिए भने सब्बु सिद्धिकि ईन्स्टिच्यूटमा घुसेका थिए । जहाँ श्रोता, दर्शकले गजल र साहित्यिक रचनाको लागि उनलाई खुबै सत्कार गरेपछि मजरुह प्रफुल्ल भएका थिए । ति मध्यमा मजरुहबाट एक श्रोता फिल्म उत्पादक एआर कारदर वढि प्रधावित भएका थिए । उनले जिगर मोरादवादीलाई सुल्तानसंग भेट गर्न र सहयोग गर्न लगाएका थिए । तर सुल्तानले फिल्म लेखनलाई अस्विकार गरेको पाईन्छ । किनभने उनले यो क्षेत्रलाई लेखनको उच्च प्राथमिकतामा राख्न चाहेनन् । तर जिगर मुरादावादीले उनलाई निकै अनुनय गरे, यसबाट आम्दानी पनि राम्रो हुने बताए र मजरुहलाई सहयोग गर्न र फिल्मी क्षेत्रमा सहयोग गर्ने बताए ।

कारदारले सुल्तानलाई संगीतकार नौसाडसंग भेट गराए, जस्ले जवान लेखकको लेखन स्वाद पनि लिए । उनले सुल्तानलाई एउटा धून दिए र उनलाई दिईएको मिटरमा मिल्ने एउटा गीत लेख्न लगाए । अनि मजरुहले एउटा गीत “जब उनसे गेसु बिखरआई, वादल आए झुम के” लेखेर नौसादलाई दिए । नौसादले उनको गीतलाई अधिक मन पराए र उनलाई फिल्म “शाह जाँ” (१९४६) मा गीतकारको रपमा सम्झौता गराए । फिल्मका गीतहरु अत्याधिक लोकप्रिय भए र के.एल सेगलले “जव दील हि टुट गए” को लागि आग्रह गरे तर ठूलो मात्राको लाईन बनाईएकोले जवरजस्ति उनले तयसलाइ पूरा गरेनन् । उतिबेलाको बोम्बेको सांगितिक मौसम सबैको लागि उल्लासको थिएन, कैयनको लागि नैरास्यताको शहर पनि थियो । जस्को कारण मजरुहलाई शहर छोड्नु पर्यो र पुनः फर्केर आफ्नै गाउँ उत्तरको सुल्तानपुरमा आउनु पर्यो ।

“शाह जाँ” एस फाजिलको मेदन्दी, मेहबुबको अन्दाज १९४९ र शाहिद लतिफको आरजु लाई पछ्याईएका थिए । फेरी मजरुहलाई फिल्मी क्षेत्रमा एक शसक्त गीतकारको रुपमा स्थापित गरायो । तर उनको प्रगतिशिल बिचारधाराले उनलाई समस्यामा पारेको थियो । सरकारले उनको लेखनबाट रुष्ट थियो र १९४९ मा उनका केहि समकक्षिसंगै जेलमा पुर्यायो । मजरुहले अपिल गरेपनि कामयावी भएन र उनि दुई वर्ष जेल बसे । उनको जेल जीवनमा जेठी छोरीको जन्म भएको थियो । आर्थिक अवस्था नाजुक थियो । यस्तै परीवेशमा राज कपुरले “एक दिन बिक जायगा मट्टिके मोल” को लागि मजरुहलाई १ हजार रुपिया दिएका थिए ।

मजरुह आफ्नो बैचारीक बाटोबाट बिचलित भएनन्, बरु सहयोग पाए जव उनको दोश्रो छोरीले उर्दुका समाजवादी नेता जुई अन्सारीका छोरासंग विवाह गरीन । मजरुह र जुई अन्सारी उतिबेलाको सोभियत संघ तथा चाईनाको प्रगतिपथ र बिचारबाट प्रधावित थिए र लेखनमा पनि त्यो स्पष्ट पाईन्थ्यो । १९९० मा छिमेकि खातिब राफातुल्लाहले बोम्बेको बर्हिगमनपछि लामो समयपछि भेटेका थिए र फेरी नयाँ गजल लेख्न थालेको पाएका थिए यस्तै शेरकमः

“आए मुझे ए वला, उनको भि जरा, दो चार छपेडे, हल्के से
कुछ लोग अभितक साहि पे तुफानका नजराह कर ते हे”

अवार्ड
मजरुह फिल्म क्षेत्रमा १९५० मा ज्यादै लोकप्रिय बनेका थिए । फैज अहमद फैज, मजरुह सबैले पुकार गर्ने, चिन्ने, सम्मान गर्ने गजलकार थिए । मजरुहले उत्कृष्ट फिल्म फेयर अवार्ड गीत “चाहुङ्गा मे तुझे साम सवेरे” फिल्म दोस्तिको लागि र १९९३ मा प्रतिष्ठित दादा साहेव फाल्के पुरस्कार प्राप्त गरे । मजरुह नै प्रतिष्ठित पहिलो गीतकार हुन जस्ले दादा साहेव फाल्के पुरस्कार जितेका थिए ।

नासिर हुसेन संगको संयोजन

मजरुह सुल्तानपुरी र नासिर हुसेन पहिलो पटक संयुक्त रुपमा फिल्ममा पेईङ गेष्ट को रुपमा पनि देखा परेका थिए । केहि समयपछि नासिर निर्देशक तथा उत्पादकको रुपमा देखा परे । दुवैको संयुक्त संयोजनमा थुप्रै फिल्म बने र खुबै चर्चा पनि पाए ।

मजरुहले गीतको लागि काम गरेका केहि चर्चित फिल्महरुः

1. Phir Wohi Dil Laya Hoon
2. Teesri Manzil
3. Baharon Ke Sapne
4. Pyar Ka Mausam
5. Caravan
6. Yaadon Ki Baraat
7. Hum Kisi Se Kum Nahin
8. Zamane Ko Dikhana Hai
9. Qayamat Se Qayamat Tak
10. Jo Jeeta Wohi Sikander
11. Akele Hum Akele Tum लगाएतका रहेका छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete