Thursday, March 24, 2011

अबको फुटवलको विकास कुनै गुठि वा संस्थानले चलाएर हुँदैन, सबैको एकता भईदिए...विक्रम

अबको फुटवलको विकास कुनै गुठि वा संस्थानले चलाएर हुँदैन, सबैको एकता भईदिए........

aarju bista "salyani
chaitra, 10{march 24-011}

“नेपालीका फुटवलको विकासको लागि आआफ्नो ठाउँबाट काम गर्नु पर्यो, स्वार्थ नलिएर काम गर्नुपर्यो, जबसम्म एकताले काम हुँदैन तबसम्म नेपाली फुटवलको विकास तथा समग्र खेल जगतको विकास हुनै सक्दैन ।”झ्वाट्ट हेर्दा फुच्चे तन्नेरी, हँसिलो मुहार भएको, खेल विशेष फुटवलमा केन्द्रति रहेर राम्रा अनि नराम्रा दुवै पक्षलाई कसैको पक्षमा नलागेर जे हो त्यहि परीवशेलाई स्पष्ट बोल्दै आएका प्रमख युवा फुटवलका विष्लेशक तथा गोल नेपाल डट कमका प्रमुख विक्रम थापालाई हररात यहि नै लागि रहन्छ कि ः“नेपालको फुटवलको विकासको लागि पहिलो सर्त एकता हो, एकताको सामिप्यता हो र निस्वार्थको काम हो, त्यसैले मैले फुटवलको विकासको लागि निःस्वार्थ भावले काम गरीरहेको छु ।” अरे ! गर्ने नै यहि त निःस्पार्थको काम नत्र के त ?हामी एकजुट हुनुको विकल्प छैन, थापाले भने ः“सबैले आआफ्नो स्वार्थलाई टाढा राखेर, व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गरौं, तब मात्र यसको उचाईमा पुग्न सकिन्छ ।” फुटवलको लागि दीर्घकालिन सोंच राख्न आवस्यक छ, निस्वार्थ समन्वय हुनुपर्छ र जागरण जागेको खण्डमा विकासको संभावना प्रवल पनि रहेको छ ।नेपाल, दोश्रो मुलदुक तथा तेश्रो मुुलुकमा भईरहने ठूठा फुटवल प्रतियोगिताहरुको विष्लेशण, बिचारविमर्सको सूचना आदान प्रदानमा निरन्तर लागिरहेका धादिङबाट काठमाडौंमा संघर्ष गरीरहेका सकारात्मक बिचारधाराका तन्नेरी थापा अहिलेको युवा पुस्ताको जोस्, जाागर र भविष्यप्रति निकै आशावादी भएको बताउँछन् ।अहिले युवा पुस्ता निकै तातिएको अवस्था छ र संभावना पनि धेरै छ । अघिल्लो ३ दशक अगाडी र त्यो भन्दा अघिको पुस्ता उनकै कमजोरीको कारण केहि पछि परेको हो, त्यो उनिहरुको आफ्नै अर्कमण्यताको कारणले र समयको परीवर्तन, प्रविधि र सिपलाई अंगाल्न नसक्दाखेरी । जमाना प्रविधि र परीवर्तनसंगै अगाडी वढेको छ, हामीले जबसम्म यसलाई आत्मसाथ गर्न सक्दैनौ तबसम्म अगाडी जान सकिदैन, त्यसैले एकता र सामुहिक लगानि तथा फुटवल अब निजि कम्पनीको हातबाट संचालन हुनुपर्छ ।खेलमा व्यवसायीक प्रतिवद्धता आवस्यक छ, हरेक खेललाई समृािद्धको बाटोमा लाने हो भने राम्रा कामलाई, तवर तरीकालाई अंगाल्नुपर्छ, विदेशका निति तथा उनिहरुका कामबाट पनि सकेसम्मको पाठ सिक्नुपर्छ । अहिलेको पुस्ताको जोस्लाई समेट्न सक्ने हो भने र उनिहरलाई प्रोत्साहन गर्ने हो भने फुटवल मात्र नभएर, खेलाडीको मात्रै नभएर देशको नाम राख्नको लागि ठूलो योगदान हुनेछ ।पूरातन सोंचलाई अब बदल्नुपर्छ, थापा भन्छन् ः“फुटवल खेललाई मन पराउने धेरै छैन, समृद्धि राम्रो कामबाट शुरुवात गरौ, सकिन्छ गर्न नसकिने केहि छैन ।” आजको युवाको जोस्लाई राम्रोसंग सदुपयोग गर्न सकेमा राष्ट्रहितको लागि नै हुनेछ । नेपालमा हरेक खेलको संभावना प्रवल छ र विशेष फुटवलको लागि गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ राज्य, सरोकार राख्ने जो कोहिले एक मनले जिन्दावाद भन्नैपर्छ ।अहिलेको जामाना र समयको मागलाई पछ्याउन र प्रविधिलाई सकेसम्म आत्मसाथ नगर्ने हो भने पछि परन्छि, अहिले अनलाईको जामाना छ, द्रुत सूचना संप्रेषण र ग्रहणको विकासको लागि यो एक बाटो हो, अवको जमाना नेटको हो, नेपालमा झण्डै १८ लाखले नेट प्रयोग गर्नु निकै आशावादी र केहि गरौं भन्नेको लागि युवा जोसलाई शक्तिमा बदल्न सके मात्रै नहुनु भनदा धेरै हुन्छ । युवाको जोस, जाँगरलाई प्रयोग गर्ने हो भने सबै क्षेत्रका युवा, सबैमा एकतामा रहने हो भने फुटवल खेलको विकासमा हामी पछि पर्ने छैनौं । थपा भन्छन् ः“हामीबिच सहकार्यको भावना जबसम्म रहिरहन्छ त्यतिबेलासम्म हामी खेलको लागि उच्चकोटिका भईनैरहने छौ ।”कुनै पनि मैत्री खेलको बारेमा थापाको भनाई छ, यस्लाई कम मान्नु हुँदैन । मेडल नहोला, पुरस्कार नहोला, भौतिक बस्तुको सम्मान नहोला तर यसको प्रगतिको मापदण्ड स्पष्ट थाहा हुन्छ । अहिलेको अवस्थामा कुनैपनि देशको प्रगतिको समिक्षा मैत्रीखेलबाट पहिल्याउने र कमजोरीलाई पत्ता लगाउने एउटा उपाए पनि हो । हालै पोखरामा भएको नेपाल भूटानबिचको मैत्रीपूर्ण खेललाई खालि मैत्री खेलको रुपमा मात्रै चित्रण गरीहाःनु हुन्न ।नेपाल हाल फिफा बरीयतामा १७२ औं स्थानमा छ भने भुटान १९७ औं स्थानमा छ, भुटानको लागि नेपालले सहयोग गरीदिएको बुझ्नुपर्छ, थापाले भने ः“भुटानको पक्षमा नेपालले गरीदिएको गुण हो ।” भुटान एएफसि च्यालेञ्ज कपको लागि अफगानिस्तानसंग खेल्न नयाँदिल्ली जान लागेको छ, दुवै टोलिबिचको विजेतासंग नेपालले खेल्ने छ भने अब खेललाई मैत्रीको दायरामा मात्रै राख्नु हुँदैन । यसको त फिफा बरीयतामा सहयोगि भूमिका हुन्छ ।पोखरामा मैत्री खेल सोचेको जस्तो नभए पनि, मैत्री खेलमा विश्वसनिय खेलेको नदेखिएको भएपनि नेपाली टोलिलाई अलि समय दिएर वढि प्रशिक्षित गर्न जरुरी भएको अहिले टड्कारो आवस्यक्ता हो ।नेपालमा फुटवलको विकासको लागि ईन्टरनेट सूचना दिन र लिनको लागि प्रमुख श्रोत मानिएको छ । नेपालमा फुटवलको लागि वेवसाईट धधध।नयबलिभउब।िअयm संचालन गरेर काम गर्दै आएका थापा निकै आशावादी छन् । जहाँ फुटवलबा राष्ट्रि तथा अन्तराष्ट्रिय समाचार लगाएतका सूचनाहरु पाउन सकिन्छ । गोल नेपालले अहिले फुटवलबो विकासको लागि सूचनाको पहँुचलार्इै सजिलो बनाउन सहयोगि भावनाले सहि सूचना दिनको लागि वेभसाईटबाट मात्रै नभई गोल नेपाल अब मोवाईलमा पनि आएको बताए । अब हरेक फुटवलका पारखिले नेपाली फुटवलको लागि काम गररिहेको छ, थापाले भने नपत्याए हेर्नुस् मोवाईलमा एसएमएस पद्धतिमा हामी एसएमएसमा आएका छौं मोवाईल मार्फत थापा ढुक्कका साथ भन्छन् ।नेपाली फुटवलको सूचना लिनको, समाचार लिनको लागि गोल नेपाल डट कम मोवाईलमा आएको छ । जस्तो ः नयब िलेखेर ५००१ मा एसएमस गरे नेपाली फुटवलको समाचार तपाईको मोवाईलमा आउँछ । तर फुटवलको विकास एक्लैले हुने होईन यो एकताबिना संभावना पनि छैन, हामी एकताले मात्रै अघि बढ्न सक्ने भएकोले राम्रा कामलाई पुरस्कृत र नराम्रा, काम, गल्तिलाई सच्याईदिने गरेमा अगाडी जान कसैले रोक्न सक्दैन ।नेपाली फुटवलको विकास दुई तिन वर्ष एन्फा विवादले गर्दा सुधार हुनमा समय लाग्यो अझैं पाँच वर्षको समय सुधार हुन लाग्ने देखिन्छ त्यो पनि बिनाविवाद गतिशिल हुँदै गएको खण्डमा, हामीले समय त्यसै खेर फल्यौ । नेपालको फुटवलको विकासको लागि व्यवसयाीक बन्न जरुरी छ, नेपाली फुटवलको व्यवसायीक विकास कुनै खेलाडीलाई ५० हजारमा वा त्यो भन्दा दोव्वर पैसाले किनेर हुने मात्र हुने होईन, व्यवसायिक बन्नुपर्छ ।व्यवसायकि भनेको व्यवसायिक बन्ने भन्नु शव्दले मात्रै होईन, कुनैपनि टीमको लागि व्यवसायिक संरचनाले पूर्ण भएको हुनुपर्छ, सिनिएर टीम हुनुपर्छ, सहायक टीम हुनुपर्छ, रीजर्व टीम हुनुपर्छ, महिला टीम, अण्डर १९, अण्डर १७, १६, अण्डर १५ हुँदै सकेसम्म अण्डर १० सम्म वाल तथा वालिकाको टीम हुनुपर्छ । साथै युवाका लागि खेल कार्यक्रम, टीम फिजियो, टीम म्यानेजर, टिम डाक्टर, टिम मिडिया म्यानेजर, टीभि लगाएतका कामको लागि एउटा खाका सहितको संरचना बनाउन आवस्यक छ । यस्तो स्ट्रक्चर भएको खाका भईदिए नेपाली फुटवलको विकास द्रुत गतिमा अग्रगामी बन्न धेरै समय लाग्दैन ।थापा भन्छन् ः“नेपाली फुटवलमा अझैैं कुनैपनि एउटा रोलमोडल बन्न सक्ने खालको क्लवको खाँचो छ । त्यस्तो कुनै क्लव आउनु पर्यो जस्को काम अरुको लागि मार्ग निर्देशन दिने खालको होस् । अबको जामाना कुनै गुठि, संस्थानको कमिटिले चलाउने फुटवल नभएर निजि कम्पनीले चलाउने खालको फुटवल चाहिएको थापाको भनाईमा ।नेपाललाई माथि पुर्याउन आफ्नो व्यक्तिगत प्रतिवद्धताले गर्दा फुटवलको सिप सिक्न देश विदेशमा जाने गरेको बताए र यो अत्यावस्यक पनि भईसकेको छ । आफ्नो व्यक्तिगत लगानिले, हितैषिको सहयोगले भएपनि फुटवलको लागि केहि गर्ने अभिप्रायले लागेको बताउने थापाले सिप सिकेर नेपाली फुटवलमा केहि जुक्ति दिन सके राष्ट्रको लागि काम हुन्छ, यो राष्ट्रको बिपत्तिलाई मिलाउने फुटवलमा शक्ति छ भन्छन् । ब्राजिल राजनीतिक परीवर्तनको निहुमा शुरु भएता पनि अहिले फुटवलको हिरो राष्ट्र उस्कै मिहिनेत र लगानिले भएको हो । व्यवसायिक फुटवलले गर्दा त्यहाँको खेलले पर्यटन क्षेत्र फस्टाएको छ भने अर्थतन्त्रमा १५ प्रतिशत सहयोगि भएको छ ।अहिले नेपालमा अनिल गुरुङ, रोहित चन्द भारतमा खेल्न पुग्नु राम्रो हो, तर अझैं धेरै खेलाडीलाई विदेशमा खेल्नको लागि स्थान बनाउने हो भने खेलको माध्यमबाट आउने अर्थ त्यो देशमा चलायमान हुने र आर्थिक समृद्धिमा टेवा पुग्ने थापाको विश्वास छ । अब दर्जनौ अनिल गुरुहरुलाई र रोहित चन्दहरुलाई विदेशी क्लवमा अनुवन्धन र खेल्न जाने परीपाटीको विकासको प्रण गर्नु जरुरी भएको छ र क्षमता भएका खेलाडी नेपालमा छन् ।कलिलो युवा, जोसिलो युवा विक्रम थापालाई नियाल्दाड्ड खेलकुद रेडियोकर्मिको रुपमा काठमाडौंमा टाईम्स एफएम मा सन २००३÷००५ मा काम गरेका,ड्ड नेपालको पहिलो फुटवल म्यागजिन “फुटवल” मा सहायक सम्पादकको रुपमा काम गरेका,ड्ड काठमाडौंमा आयोजित एएफसि प्रेसिडेन्ट कप को मिडिया अफिसरको रुपमा काम गरेका,ड्ड सकरयज नेपाल डट कम डट एनपि मा प्रमुख सम्पादक भएर काम गरेका र सेल्स तथा इभेन्ट्स म्यानेजमेन्टको काम गरेका,ड्ड प्रिज्मा एडभरटाइजिङ कम्पनीमा ग्राहक सेवामा कार्यकारी भएर काम गरेका,ड्ड मिडिया पार्टनर, इभेन्ट कोअर्डिनेटर, प्रोमोस्नल म्यानेजर भएर कोक, फेन्टा तथा स्प्राईट र एशियन पेन्ट्ससंग काम गरेका,ड्ड भिवा एडभरटाईजिङमा सन २००८÷००९ मा इभेन्ट्स संयोजकको रुपमा काम गरेका,ड्ड दक्षिण एशिया तथा नेपाली फुटवलको लागि गोल नेपाल डट कमको समाचार संयोजकको रुपमा काम गरीरहेका,ड्ड सानमिगेल ए डिभिजन फुटवल लिग को लागि अनलाईन समाचार सम्पादकको रुपमा काम गरेका,ड्ड फुटवलको लागि समर्पित गोल नेपाल डट कम को प्रमुख तथा सम्पादक,ड्ड साफ च्याम्पियनसिप २००५ देखि २०१० सम्म विभिन्न मिडियामा खेलको प्रवर्धनात्मक विष्लेषण,ड्ड नेपालमा आयोजना गरीएको एएफसि प्रेसिडेन्ट कप क्वालिफायर्स, च्यालेञ्ज कप क्वालिफायर्स, एफएसि अण्डर यू १६, यू १९ च्याम्पियनसिप, एएफसि कोचिङ कोर्स तथा रेफ्रि कोर्सको पूर्ण रुपले प्रवर्धन गरेका,ड्ड ंिसंगापुरमा २०१० मा आयोजित सकेरेक्स एशियन फोरममा सहभागि,ड्ड सन २००५ मा आयोजना गरीएको एएफसि कप फुटवल टूर्नामेन्टको मिडिया अफिसरको रुपमा काम गरेका,ड्ड एसएलसि ः सिद्धार्थ वनस्थली, पिसिएल लेवल सिद्धार्थ बनस्थली साईन्स कलेज,ड्ड ६ महिना व्यवसायीक पत्रकारीता तालिम लिएका,ड्ड पोष्ट ग्राजुयट डव्लु एल सि, नेपाल,ड्ड फुटवल तथा समग्र खेलको लागि अंग्रेजी, नेपाली र हिन्दी भाषाका वक्ता, कम्प्यूटर एप्लिकेसन, डिजाईनिङमा दक्षता,ड्ड फुटवलको लागि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेसिया र सिंगापुरको भ्रमण गरीसकेका,ड्ड युवा खेल पत्रकारीता पुरस्कार प्राप्त,ड्ड सन २००५ मा एफएसि पे्रसिडेन्ट कप को एएफसि मेडल प्राप्त,ड्ड फुटवलको प्रचार प्रसारमा सहयोग गरेकोले आहा गोल्डकप फुटवल प्रतियोगिता आयोजकबाट सम्मानित भएका,ड्ड वुढा सुव्वा गोल्डकप सम्मानित,ड्ड नेपालको खेल पत्रकारीतामा एक सक्रिय खेल पत्रकार थापाले नेपालका राष्ट्रिय तथा क्षेत्रीय स्तरका, गएका दुई विश्वकप फुटवल देखि हालसम्म पोखरामा रेडियो अन्नपूर्णमा खेल विश्लेषण गर्दै आएका र विश्वकप फुटवल २०१० को एप्रिसियशन लेटर प्राप्त गरेका,देशमा पर्याप्त पूर्वाधार नभए पनि आआफ्नो ठाउँबाट कामलाई नरोकि जारी राखेमा विकास जारीरहिरहन्छ होईन भने काम बन्दैन । त्यसैले आउनुस् “एक ढिक्का भएर हातेमालो गरौं पूर्वले, पश्चिमले र मध्यले र एउटै साङलोमा जोडिएर फुटवल अनि समग्र खेलको विकासको प्रतिवद्धतासाथ लागौं ।” समकालिन तथा आउनेले विक्रमबाट सिकौं, फुटवलमा लाग्नेले जानौं, सानौबाट जान्दा केहि बेफाईदा हुँदैन, गर्न धेरै छ, धेरै गर्न सकिएको छैन, सकिने छ मात्र समारात्क सोंचले मात्रै, यसो गरे कसो होला ? aarju2008@gmail.com

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete