Sunday, March 6, 2011

भट्टराईको अन्तिम हस्तलिखित पत्र असोज २१, २०६४, “हाम्रो देशमा एक व्यापक संकट देखा परेको छ” : भट्टराई





भट्टराईको अन्तिम हस्तलिखित पत्र असोज २१, २०६४,
“हाम्रो देशमा एक व्यापक संकट देखा परेको छ” : भट्टराई.......








मिलनसार, जवानीका क्रान्तिकारी किसुनजि अब के दस्तावेज र तिथिमितिको स्मरणको पात्र मात्रै वा अरुथोक.........?


पोखरा, फागुन 22

कसैले सन्त नेता भन्छन्, कसैले कांग्रेस संस्थापक नेता, त कसैले पूर्व प्रधानमन्त्री किसुन जी अर्थात कृष्णप्रसाद भट्टराई, ...जे भने पनि उहाँ प्रजातन्त्रको लागि योगदान दिनुभएका उच्चस्तरका नेता हुनुहुन्थ्यो ।

किसुन जी राणा शासनको विरुद्ध, निरंंकुश पंचायतको विरुद्ध वा वेलायती साम्राज्यवादको विरुद्धको मोर्चामा उभिदैं जेलनेल खाएर देशको शासन सत्ता सम्हाल्न पुगेको नेता हो । धर्तिबाट अन्र्तध्यान हुँदाका बखतसम्म भट्टराईले आफ्नो सोंच बदल्नु भएन तर पार्टीभित्र बाटै बेला बेलामा असहयोग भएको उहाँको गुनासो थियो ।

पछिल्लो समयमा पार्टी गणतन्त्रको बाटोमा लागेपछि पार्टीबाटै अलग्गिएर संवैधानिक राजतन्त्रको वकालत गर्न छोड्नु भएको थिएन ।

कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारतको काँशी स्थित पञ्चगंगा घाटमा वि.सं १९८१ सालमा जन्म भएको थियो । वुवा संकटाप्रसाद र ललिता देवीका ४ छोरा मध्येका कान्छा छोरा कृष्ण प्रसादको औपचारिक शिक्षा भारतमै भएको थियो ।

उहाँले भारतकै डिएभी कलेजवाट सन १९४६ मा स्नातक तहको औपचारीक शिक्षा हाँसिल गर्नु भएको थियो । तर स्नाकोत्तर तहको शिक्षा भने हाँसिल गर्न सक्नु भएन । स्नाकोत्तर तह दोस्रो वर्षको परिक्षा चलिरहेको वेला नेपालमा प्रजातान्त्र प्राप्तीको आन्दोलन चर्किएपछि परिक्षा नै छोडेर आन्दोलनमा लाग्नु भएको थियो ।....

मुलुकमा प्रजातन्त्र स्थापना हुनुपर्ने अभियानमा सक्रिय हुनको लागि भारतमा रहेका विपि कोइराला, शुवर्ण सम्सेर, गणेशमान सिंह लगाएतको टोलिमा सामेल हुदै किसुनजीले नेपालमा राणा सासन र पछि तत्कालिन राजा महेन्द्रको सक्रिय सासनको विरोधमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

त्यतीवेलाको आन्दोलनमा किसुनजीले ४ वर्ष तीन महिना जेलजिवन विताउनु भएको थियो । २०१७ साल पौष १ गते काठमाडौंकोे थापाथलीबाट पक्राउ पर्नुभएका किसुनजी २०२७ साल चैत्र २४ गते थुना मुक्त हुनुभएको थियो । किसुनजीले सुन्दरीजल जेलमा करिव ८ वर्ष विताउनुभयो । कलेज पढ्दै गर्दा भारतमा अंग्रेज विरुद्ध भारत छोड आन्दोलनमा सक्रिय भएको आरोपमा किसुनजी काँसीमै पक्राउ पर्नुभयो ।

राणा सासन विरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय सहित भारतको वयरगणिया सम्मेलनवाट काँग्रेसले वनाएको मुक्ति सेनाको भट्टराई संस्थापक सदस्य समेत वन्नुभएको थियो । जस्ले गोर्खावाट सशस्त्र संघर्ष थालेको थियो ।

संगै जेल परेका विपि कोइराला र गणेशमान सिं...ह कागज गरी जेल मुक्त भएपनि, पञ्चायत सामु नझुक्ने अडान लिएको कारण किसुनजी थप १ वर्ष ८ महिना वढि जेल जिवन विताउन बाध्य हुनुपर्यो । कागज गरेर छुट्न लगातार खवर पठाएपनि त्यसलाई व्यवास्ता गरेपछि भट्टराई प्रति आक्रोशिसत भएका तत्कालिन राजा महेन्द्रले जेल प्रशासनलाई यो वाहुनलाई दोवाटोमा लगेर छोड्नु भन्ने आदेश दिएका थिए । २०३४ सालमा भारतको पट्नामा भएको विशेष भेलाले किसुनजीलाई नेपाली काँग्रेसको कार्यवहाक सभापतिको जिम्मेवारी दिइयो ।

उहाँले करिव १४ वर्ष कार्यवहाक सभापतिको रुपमा नेपाली कांग्रेसको नेतृत्व गर्नुभयो । २०४८ सालमा झापाको कलवल गुढीमा भएको ८ औ महाधिवेशनले किसुनजीलाई निर्विरोध सभापतिमा चयन गरेको थियो ।

उहाँ नेपाल प्रेश युनीयन र पत्रकार संघको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । मुलुकमा प्रजातन्त्र स्थापना पछि वनेको अन्तरिम सरकारको नेतृत्व गर्नुभएका किसुनजी मुलुकमा पहिलो संविधान निर्माण र जारी गर्न पनि सफल हुनुभएको थियो । २०४७ साल वैसाख ६ गते देखि ०४८ साल जेठ १२ गतेसम्म प्रधानमन्त्री वन्नुभएका किसुनजीले सक्रिय राजतन्त्रलाई संविधान भित्र ल्याउने कामलाई पुर्णता दिएर प्रशंसा पाउनु भयो

२०४८ साल पछि मुलुकमा विभिन्न राजनितिक उतार चढाव आए तर उहाँ २०५६ सालमा फेरी दोस्रोपटक मुलुकको नेतृत्व गर्न सफल हुनुभयो । पर्सा क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाको सदस्य चुनिएपछि किसुनजी १० महिनासम्म प्रधानमन्त्री वन्नुभयो ।

नेपाली कांग्रेस भित्रकै आन्तरिक कलहका कारण उहाँले संसदमा २ पटक अविश्वासको प्रस्ताव समेत सामना गर्नु परेको थियो । त्यसपछि उहाँले पदवाट राजिनामा गरेर प्रधानमन्त्रीको कुर्सी छोडिदिनु भयो ।

निर्वाचनमा भने किसुनजीको इतिहास सुखद रहेन, २०१५ सालको पहिलो संसदिय निर्वाचनमा गोर्खावाट उम्मेदवार वन्नुभएका उहाँले पराजय भोग्नु भयो ।

निर्वाचनमा पराजीत भएपनि नेता विपि कोइरालाले राजदुत, सभामुख र मन्त्री मध्य एक पद रोज्न आग्रह गर्दा भट्टराईले प्रजातन्त्रमा संसदिय अभ्यास ठूलो भन्दै सभामुख पद रोज्नुभयो । त्यसपछि किसुनजी प्रतिनिधी सभाको पहिलो सभामुख हुनुभयो ।

वहुदलीय व्यवस्थाको पुर्न वहाली पछि आम निर्वाचनमा काठमाडौ क्षेत्रनम्वर १ वाट पनि पराजित हुनुभयो । २०४८ सालमा एमाले नेता मदन भण्डारीसँग ७ सय ५१ मतले पराजित हुनुभएका किसुनजी २०५१ सालको उप निर्वाचनमा भण्डारी पत्नी विद्या संगपनि पराजित हुनुभयो । त्यसको ५ वर्षपछि २०५६ सालमा भने उहाँले पर्सा क्षेत्र नम्वर १ वाट प्रतिनिधि सभाको चुनावमा विपक्षी उम्मेदवारलाई १३ हजार वढि मतले पराजित गर्दै विजयी हुनुभयो ।
दोस्रो पटक प्रधानमन्त्रीवाट राजिनामा दिएपछि सक्रिय राजनिति छोड्नु भएका भट्टराईले आफु विरुद्ध लागेकालाई कारवाही नगरेर पार्टि विभाजनवाट रोक्नु भएको थियो । तर २०५८ सालमा पार्टी विभाजन हुदा शेरवहादुर देउवा नेतृत्वको कांग्रेसलाई अलि वढि साथ दिएप...छि कांग्रेसी कार्यकर्ताले आलोचना समेत गरेका थिए ।

गणतन्त्र स्थापना पछि राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएर उहाँ फेरी एक पटक चर्चामा आउनु भएको थियो । कांग्रेसले संवैधानिक राजतन्त्र छाडेर गणतन्त्रको वाटो लिएपछि निकै क्रुद्ध हुनु भएको थियो भने पार्टी एकिकरण भएको भोलि पल्ट ०६४ असोज २१ गते कांग्रेसबाट अलग भएको हस्तलिखित विज्ञप्ति प्रकाशित गर्नुभएको थियो । जो उहाँको राजनैतिक निस्क्रियताको १० वर्ष पछिको पहिलो पत्रकार सम्मेलन थियो । त्यसबेला उहाँले संविधानले बाँधिएको राजतन्त्रको पक्षमा अभिव्यक्ति दिनुभएको थियो ।

कांग्रेसले गणतन्त्रको बाटो अपनाएपछि नेपालको राजनीतिमा संकट आउने भन्दै भट्टराई आश्रम भन्दा बाहिर निस्कनु भएन । देश संक्रमणकालमा रहिरहेकोमा चिन्ता व्यक्त गरीरहने भट्टराईले चाँडो राजनीतिक निकासको छिनोफानो नभए खतरा आईपर्ने चेतावनि दिनुभएको थियो ।

दलहरुको व्यापक गृहकार्यबाट शाति प्रक्रियाको एक सिंगो हिस्सेदार माओवादीका नेताहरुलाई मेरा मित्र भनेर संवोधन गर्नुहुुने भट्टराईले राष्ट्रिय एकतालाई मूल मुद्ध बनाएर अघि बढ्न आग्रह गर्दै आउनु भएको थियो ।

तर किसुनजीको विचारलाई वुढो मान्छेको रुग्न विचार भनेर उहाँले मिति २०६७ फागुन २० गते राति ११.२६ मिनेटमा प्राण त्याग्दासम्म टिप्पणी गन र पछि पनि त्यतिनै जमात नहोला भन्न सकिन्न । धर्तिलाई छोडेर जानु भएका किसुनजि अब दस्तावेज र तिथिमितिको स्मरणमा रहने पात्र मात्रै वा अरुथोक ? भविष्यले देखाउला । जय होस्...


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete