Tuesday, June 14, 2011

“लाहुरेको जिन्दगी खुकुरीको धार, पैसासंग रगत साटे.....।”



“लाहुरेको जिन्दगी खुकुरीको धार, पैसासंग रगत साटे.....।”
आरजु बिष्ट सल्यानी”

“लाहुरेको जिन्दगी यो खुकुरीको धार
पैसासंग रगत साटे जित भयो कि हार ।”

नेपाल लाहुरेले पहिचान बनाएको देश हो । परदेशमा नेपालको संगीत, कला र संस्कृतिलाई अग्रपंक्तिमा रहेर परिचय गराउने उनै हाम्रा लाहुरे दाजुभाई हुन । लाहुरे पूजनिय छन्, लाहुरे सलाम योग्य छन् ।

परीवेश लाहुरेको भएकोले होला जो कोहिले लाहुरेको गाथालाई बिर्सन सक्दैनन् । गायक आरम्भकालमा एक दशक अगाडी एउटा पाल्पाली ठिटोले शुरुमा उधृत गरीएको टुक्कामा आफ्नो स्वर भरेका थिए र गुनगुनाउँथे यत्रतत्र कि “लाहुरेको जिन्दगी यो खुकुरीको धार, पैसासंग रगत साटे जित भयो कि हार ।” के बयान गरी साध्य छ र लाहुरेको, के लेखि साध्य छ र फौजिमा लागेकाहरुको । “दर्दमा पनि जिन्दगी भेटिन्छ, खुकुरीको धारमा जिन्दगी रेटिन्छ” त्यो कुनै लाहुरे आफ्नो कर्म र सेवामा स्वाभिमानि भएर सतिसाल झैं ठिङ्ग उभिएर बैरीको सामु आफ्नो छातिलाई ढाल बनाईदिन्छ ।

जन्मियौं देशमा अनि देशको माटोमा केहि गरेर जानु छ किनभने देश जस्तो ठूलो केहि छैन, माटोको गन्ध भन्दा सुवासिलो अरुथोक केहि छैन संसारमा । “जे सकिन्छ देशको लागि गरौं, धेरै गर्न नसकिए पनि थारै होस् तर देशकै लागि आ–आफ्नो ठाउँबाट सकिन्छ गरौं, सकिदैंन भने देशलाई नबिगारौं ।”

यो भनाई तन्नेरी पुस्ताका संगीतकार गैह्रे शुरेसको हो । २०६७ सालमा ८ महिना शान्ति मिसनमा खटिएर लाईबेरीयाको बसाई सकेर नेपाल फर्किएपछि संगीतकार गैह्रे शुरेसको कर्म सरकारी सेवाको हिसावले राष्ट्र सेवक कर्मचारी र संगीतको हिसाबले असल संगीतकर्मि नै हुनु रहेकोले संगीतको कर्ममा लागिरहेको बताउँ छन् ।

“हामी जस्ता राम्रा मान्छे कोहि छैनौ भने हाम्रो देश भन्दा अरु कुनै राम्रो छैन र हुनु हुँदैन, हामी जस्तो छौं देश त्यस्तै छ ।” अघिल्लो वर्ष ८ महिना लाईबेरीयामा शान्ति मिसनको काम को समयावधि भूक्तान गरेर नेपाल फर्किएपछि हामीसंगको कुराकानीमा गैह्रे शुरेसले भने ः“लाईवेरीयामा बसेर शान्ति मिसनको काम संगसंगै नेपालको संगीत, आतिथ्यता, संस्कार र संस्कृतिको बारेमा चिनारी दिएर आउन सकियो ।”

युद्धले ध्वस्त भएको लाईबेरीया एयकत धबच कष्तगबतष्यल को देश हो । नेपाल द्वन्दबाट शान्ति उन्मुख भएको देश हो, हामी शान्ति र संविधान, राजनीतिक व्यवस्था अनि कानूनी राज्यको प्रणालीतिर गईरहेका छौं तर लाईबेरीया युद्धले तहसनहस भएको छ, शासन व्यवस्था र राजनीतिक स्थिर प्रणालीको लागि प्रयास भईरहेको भएपनि लाईबेरीयामा शान्ति कायम हुन सकेको छैन । युद्धबाट ग्रस्त कतिपय लाईबेरीया र अन्य अफ्रिकन देश भन्दा नेपाल उन्नत रहेको भएपनि यहाँ अझैं स्थिरताका काम भने आशा उन्मुख भईरहेका छन् ।

जति देशको माया हामीलाई छ, माया भएर मात्रै नहुँदो रहेछ, बिडम्वना नै यस्तो बनेको छ कि युद्धमा फसेका देशहरु आफ्नै देशमा शरणार्थि जस्तो र अर्काको अधिनमा रहेर बस्नु परेको अनुभूति गरीरहेका छन्, लाईबेरीयाको यस्तै अवस्था रहेको गैह्रेले बताए । लाईबेरीया अहिले पुननिर्माणको अवस्थामा छ, शासन प्रणाली भत्किएको छ र कानूनी राजको खोजि भईरहेको छ । त्यहाँ अहिले सून्यको स्थितिबाट काम भईरहेको छ तर त्यहि देश कुनैबेलामा विश्वको शक्तिसालि ग्क् को हाराहारीमा पुगेकोमा अहिले विकास सून्य अवस्थामा रहेको छ । विनास भएर विकासको आसामा रहेको छ । विश्वको प्रविधि नेपालले पछ्याईरहेको होला तर लाईबेरीया यसबाट टाढा नै रहेको छ ।

नेपालको लाईबेरीयनसंगको सामित्यतालाई हेर्ने हो भने शान्ति मिसनमा खटिएर आएका संगीतकार गैह्रे शुरेसले भने जस्तै शान्ति सुरक्षाको काम नेपाली पक्षले गथ्र्यो । उनिहरुसंग बेला बेलामा कुरा हुँदा दुःख पनि लाग्थ्यो कि उनिहरु आफ्नै देशमा अर्काको अधिनमा बस्नु परेकोमा चित्त दुखाउने गर्दथे तर के गर्नु अर्काको देशका नागरीक आएर अफ्रिकन मुलुकको विकास, शान्ति र स्थिरताको लागि काम गरीरहेका छन्, यस्तो पनि भन्दथे । “अर्को पटक आफु लाईबेरीयामा एउटा पर्यटक भएर जान चाहेको बताएका छन् र कामना पनि गरे कि युद्धबाट ग्रस्त भएको लाईबेरीया लगाएतका देशहरुमा छिटो शान्ति बहालि होस र स्थितरता कायम होस् मैले लाईबेरीयनलाई भने” गैह्रे शुरेसको भनाई ।

मान्छे राम्रा र वातावरण राम्रो । अफ्रिकन मुलुक भएपनि लाईबेरीया डेजर्ट होईन त्यो त अफ्रिकाको स्वीट्जरल्याण्ड जस्तै हो । त्यहाँको मौसम पनि अचम्मको छ । एक सिजनमा आँपको एउटा बुटामा एकातिर आँपको फूल फुलिरहेको देखिन्छ, अर्कोतिर हाँगामा आँप फलिरहेको र अर्कोतिरको हाँगामा आँप पाकिरहेको अनौठो दृश्य देखिन्छ । बाह्रैमास हरियाली भईरहेने लाईबेरीयालाई मात्र युद्धले ध्वस्त पारेको छ र बिग्रिएको छ । युद्ध हेर्न राम्रो लाग्ला, सिनेमाको कथामा आउँदा राम्रो होला तर प्रत्येक्ष हेर्ने हो भने विभत्स त्यसको पिडा वर्णन गरीनसक्ने खालको हुने शुरेसको भनाई छ ।

देश सेवा तथा सिर्जना र संगीतको सेवा फरक लाग्ने भएपनि यसबाट पनि गर्ने सेवा देश र देशवासिकै सेवा हो । यहि एउटा विधा छ जस्को भाषा विश्वले धून मार्फत बुझ्ने गर्छ । जहाँ जहाँ कामको प्रकृति अनुसार जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ, त्यो पूरा गर्नुपर्छ र सबैभन्दा नचाहि नहुने इमान्दारी र स्वच्छ भावनाको लगानि हो । संगीतकार शुरेसले लाईबेरीयामा यहाँको चलन, संस्कार, संस्कृति, सेवा, सत्कार र आदरलाई उनिहरुले पूजनिय संस्कारको रुपमा चित्रण गरेको अनुभव सुनाए । हामीले त्यहाँ गरेको नेपाली सेवा र सत्कारबाट उनिहरु छक्क परेकोमा नेपाली हुनुमा गर्व लागेको उल्लेख गरे ।

युद्धले ग्रस्त भएको लाईबेरीया मिश्रीत संस्कारमा रहेको छ । उनिरुहरुको आफ्नै संस्कार भएता पनि त्यसबाट अहिले टाढा भईसकेका छन् भने उनिरुहले मिश्रीत संस्कार मन पराउने भएकोले आफुलाई अमेरिकी लाईबेरीयन भन्न रुचाउँछन् । जतिबेला अफ्रिकन दासहरुलाई अब्राहक लिंकनको पालामा छुट्याएर लाईबेरीयामा बसाई सारीएको थियो, त्यसरी बस्ति बसाईएको देश भएकोले उनिहरुले आफुलाई अमेरीकि भन्न रुचाउने र मिश्रीत संस्कारमा बस्न चाहने रहेछन् । उनिहरुले अंग्रेजी बोलेता पनि पूर्ण रुपमा नबोलेर मिश्रीत रुपमा सांकेतिक रुपमा बोल्ने गर्छन् । अंग्रेजीमा अयमि धबतभच (चिसो पानी) लाई उनिहरुले अय–धब उच्चारण गर्दछन् । वैचारीक, समाजिक हिसावले पूर्ण भएता पनि समस्या शासन प्रणाली र कानूनी राज्य को नै रहेछ ।
भारत वर्षमा वा तेश्रो मुलुकमा संगीतमा लाग्नेहरुको लगाव वाल्यकालबाटै शुरु हुन्छ तर हामीकहाँ विभिन्न परीस्थितिको कारण सिक्नेहरुले एसएलसि, आईए, बिए अध्ययन गर्ने बेलामा सिक्न थालेका थुप्रंै उदाहरण छन् भने यसै बेलामा छोडेर अन्यत्र जाने क्रम पनि उत्तिकै रहेको छ । यस्ले गर्दा व्यवसायीक बन्न अझैं सकेको पाईएको छैन आम्रो संगीत उद्योग र स्थापित दरीलो उद्योग हुन सकेको छैन ।
२०५६ सालबाट संगीतको औपचारीक अध्ययन शुरु गरेका हुन गैह्रे शुरेसले । चार वर्ष संगीत अध्ययन कलानिधि संगीत महाविद्यालय पुल्चोकमा गरे तथा जमलस्थित संगीतकार न्हु वज्राचार्यको डोरेमी संगीतालयमा गुरुदेव कामतसंग पनि संगीत सिके । चार वर्ष संगीत सिकेपछि सरकारी जागिरको कारण निरन्तरता दिन सकेनन् तर संगीतको साधनालाई छोडेका छैनन् । शुरुको एल्वम लोक दोहोरीको थियो भने शरुवातकै गीत “लाहुरेको जिन्दगी यो खुकुरीको धार, पैसासंग रगत साटे जित भयो कि हार” गाएका थिए । पाल्पाको सेरोफेरोमा लाहुरे संस्कार पहिले देखि नै रहेको छ । त्यसैले होला लाहुरे, नेपालीको वीरता र देश÷माटोका गीतमा उनको झुकाव वढि भएको आभाष पाईन्छ ।
“१२ वर्ष भएछ संगीतमा लागेको” उनले भने यो अवधिमा ७ वटा एल्वम आफ्नै संगीतमा प्रशासन भईसकेका र दुई एल्वम आउने तयारीमा रहेका छन् । यि एल्वमहरुमा अधिक गजल तथा सुगम स्वरहरु हुनेछन् ।
पाल्पा जिल्लाको तेल्घा गाविस वडा नं ८ मा बुबा रविलाल गैंह्रे र आमा लक्ष्मी गैह्रेको कोखबाट जन्मेका जेष्ठ पुत्र हुन शुरेस । उनका एक भाई जर्मनीमा अध्ययन गरीरहेका छन् भने बहिनी स्वास्थ्य सेवा तल्लिन छन् ।
जेठो हुनु भाग्यको कुरो भएको बताउने संगीतकार गैह्रे शुरेसले जेठोमा आईपर्ने हरेक जिम्मेवारीलाई कठिन संघर्षले सामना गर्न पाउनु राम्रै लागेको बताउँछन् । संगीतको यात्रामा निरन्तर लागिरहनु, नयाँ नयाँ शैलीका संगीत र शव्द छनौटलाई ध्यान दिनु आफ्नो लक्ष्य रहेको बताए । “संगीत यसरी सिर्जना गर्नु पर्छ कि चामल त्यहि हो त्यसलाई भात बनाउनु होस्, खिर बनाउनु होस्, पीठो बनाई रोटी पकाउनु होस्, पुलाउ बनाऔं आखिर चामल त्यहि नै हो ।” यसैगरी संगीतका कर्ममा मैले माझ्ने, खोज्ने र नयाँ नयाँ शैलीलाई पछ्याउने सोच बनाएको छु शुरेसले भने ।
गर्दै जाने अनि सिक्दै जाने हो उनले भने सिक्न र गर्नबाट पछि हट्नु हुँदैन । मान्छेहरु कतिले संगीतलाई वा अन्य पेशा अंगालेको भएपनि भारको रुपमा लिएको पाईन्छ तर यो नितान्त होईन । उनि भन्छन् ः“म त भार मान्दिन, मान्छेलाई सुतिरहे पनि समस्या हुन्छ, थकाई लागेर ३ घन्टा सुतेपनि झन्ै गाह्रो छ वा १३ घन्टा सुतेर पनि गाह्रै हुन्छ ।”
देश, देशभक्ति एक ठाउँमा छ, द्वन्द र अस्थिरता एक ठाउँमा हुन्छन्, लाग्छ यिनलाई मिलन बिन्दुमा ल्याउन सक्ने आखिर संगीत नै हो । युद्धमा लाग्नेहरुले पनि युद्धकालिन गीत र संंगीतको प्रयोग गरीरहेका हुन्छन्, त्यहाँ विसुद्ध संगीतले बन्दुकको भाषालाई कोमल बनाई दिएको हुन्छ । बन्दुकको आवाज हारमोनियमको आवाज सामु झुक्न करै लाग्छ ।
शुरेसले नयाँ एल्वम “यहाँ देशको छ चिन्ता” शिर्षकमा ल्याउने तयारी गरीरहेका छन् । यस्तै आफ्नो गीत÷संगीत तथा शसस्त्र फौजि यात्रामा मनोवल वढाईरहने शसस्त्र प्रहरी तालिम महाविद्यालय लामपाटन पोखरामा समादेशक शैलेन्द्र खनाल “सरद” लाई मार्ग निर्देशकको रुपमा लिएको बताउँछन् । उसो त शुरेसले शैलेन्द्र खनाल “सरद” को लेखनमा रहेका गीतहरुको संगालो “महल छिट्टै वजारमा ल्याउने तयारीमा रहेका छन् । यस्तै यात्रामा शसस्त्र प्ररीरी तालिम महाविद्यालयका पूर्व समादेशक पुष्पराम केशीलाई पनि भूल्न नसक्ने व्यक्तित्वको रुपमा लिएको बताउँछन् ।
जीवनमा भोगाई अनेक थरीका छन् । दुःख र संघर्ष जहाँ पनि छ । शुरेस भन्छन् ः“शसस्त्रमा काम गर्दाखेरी होस् वा संगीतमा इमान्दारी नै मेरो पहिलो सर्त हो र यसरी नै कम गरीरहेको छु ।” मान्छेलाई सुतिरहने बानि परे पनि दुःख नै हुन्छ, थकाई लागेर ३ घन्टा सुतेपनि गाह्रो नै हुन्छ अनि आराम गर्छु भनेर १३ घन्टा सुतेपनि झन बोझ र दुःखको श्रृंखला नै जोडिन्छ ।”
सबैभन्दा ठूलो देशभक्ति हो । यसको स्थान अनि संगीतको स्थान उच्च छ । संगीतले बन्दुकको आवाजलाई पनि झुकाई दिने गर्छ । दुनियामा युद्धको घम्साघम्सि हुँदा पक्ष विपक्षले आखिर संगीत, गीत र वाजाहरुको साथ लिएका पाईन्छ । संगीतले, हारमोनियमले बन्दुकको बोलिलाई पनि कोमल बनाई दिन्छ र मिलन को लागि पूलको रुपमा काम गरीदिन्छ, शुरेसले भने ।
“यहाँ देशको छ चिन्ता” यो शिर्षकमा शुरेसले एउटा एल्वम छिट्टै ल्याउदै छन् । जो देश र माटो प्रति नै समर्पण जाहेर गरीएको हुने भएको छ । गायन शुरुवात दोहोरीबाट गरेपनि नाम नेपाली गजल र गीतबाटै उनले कमाएको यथार्थ हो । गजल एल्वम विम्व, चर्चा, अनुपममा संगीत गरेका शुरेसले माया, लोकार्पण लगाएतका एल्वममा संगीत गरेका छन् भने आफ्नो नाममा “यहाँ देशको छ चिन्ता” र सैलेन्द्र खनाल “सरद”को “महल” वजारमा ल्याउँदैछन् ।
गजल आयातित विधा पक्कै हो तर हामीले अमेरीकामा बनेको जिन्स पाईन्ट र टिसर्ट लाउँदा, शेक्स पियर वा अरु कुनै साहित्यकारको सिर्जना पढ्दा केहि नहुने तर गजललाई किन हेपेको ह आयातित भनेर ? मान्छेले आयातित भन्दा हाँसो लाग्छ, उनले भने ः“राम्रो सिप र सकारात्मक सोंचले काम गर्ने हो भने विश्वमा एउटै भाषाको रुपमा रहेको संगीत र त्यसमा जोडिन आउने सबै विषय सबैका सझा हुन । अहिले नेपालमा रेकर्ड हुने, लेख्ने र सुन्ने माहौल गजलको छ, त्यसैले मैले गजलको उत्थानको लागि संगीतको मोह गजलतिर लगाएको हुँ ।” पछिल्ला संगीतमा शास्त्रिएताको मिश्रण तथा लोकानुभूति हुनेगरी लोक रसलाई पनि पछ्याउने चाहाना रहेको शुरेशको भनाई छ ।
विदेशमा संगीतको सम्मान छ । नेपालमा त्यस्तो परीवेस आउन समय लाग्ला, उनि भन्छन् ः“विदेशमा रेष्टूरेन्टमा पनि गीत वजाईयो भन, दिनभरी जति पनि गीत वजाईन्छ तिनको रोयल्टि कलाकारको कोषमा जम्मा गरेर दिने गरेको पाईन्छ ।” तर नेपालमा कहिले यस्तो होला ? अलि गम्भिर मुद्रामा उनले भने । १२ वर्षिय गीत संगीतको यात्रामा गैह्रे शुरेसले १५० गीत÷गजलमा संगीत भरीसकेका छन् भने ७ वटा एल्वममा संगीत गरेर प्रकाशमा पनि आईसकेका छन् भने दुई वटा आउन बाँकि रहेको जनाउ दिए । जय होस् नेपाली गीत÷संगीतमा लागेका श्रष्टाको । aarju2008@gmail.com